नेपाल पुनर्निर्माणको लागि अमेरिकामा म्याराथुन दौड सम्पन्न



विजय थापा, वाशिंगटन डिसी बैशाख २१,

गत बर्ष नेपालमा आएको महा विनासकारी भूकम्प बाट नेपालले ठुलो जनधनको क्षति बेहोर्नु परेकोले अमेरिकाको पेनसेलभेनिया राज्यको पित्ट्सबर्गमा नेपालको पुनर्निर्माणको लागि म्याराथुन दौडको आयोजना गरिएको छ l 

आपतकालीन खतरा न्यूनीकरण गर्ने र कालान्तरमा नेपाललाई भूकम्प बाट थप क्षति हुन् बाट कसरि बचाउने भन्ने हेतुले गरिएको कार्यक्रममा अमेरिकाका बिभिन्न राज्य तथा शहरमा रहेका बिभिन्न पेसामा संलग्न नेपाली समुदायका सदस्यले प्रत्यक्ष सहभागिता जनाएका छन् l 

दि सोरवे फाउन्डेसन पित्ट्सबर्ग म्याराथुन २०१६ नामक कार्यक्रम गत मे १ ,२०१६ तारिखमा भब्यताको साथ सम्पन्न भएको छ l नेपालको पुनर्निर्माणको लागि २५ हजार डलर आर्थिक सहयोग जुटाउने लक्ष्य राखिएको भएता पनि पछिल्लो जानकारी अनुसार ६ हजार ५ सय डलर संकलन भै सकेको छ l 

सोरवे फाउन्डेसन ,इन्टरनेसनल डेवलपमेन्ट इन्सटीट्युट ,वाशिंगटन डिसी तथा अपरेसन्स नमस्ते नामक तीन संस्थाको सयुक्त आयोजनामा  पित्ट्सबर्ग म्याराथुन २०१६ नामक कार्यक्रम गरेको हो l 

सुमन तिम्सिना ,माइक कोबोल्ड ,जेसिका कोसिस्कक ,मुकेश कुमार सिंह ,जेम्स ल्याण्डन ,परशु नेपाल ,राजु गड्तौला तथा संचार कर्मी राम चन्द्र खरेलले म्याराथुन दौडमा सहभागिता जनाएका थिए l सहभागिताको मुख्य उद्धेश्य नेपालको पुनर्निर्माणमा सहयोग गर्नु रहेको छ l 

यी तीन संस्थाको पहलमा आगामी सेप्टेम्बर महिनामा युद्धमा घाइते अमेरिकी सैनिक र बिकालंग योद्धा (एथलेट ) लाई नेपाल लाने कार्यक्रम रहेको बताएका छन् 

कार्यक्रमको उद्धेश्य नेपाल लाई विकलाङ्ग पर्यटक को गन्तब्य बनाउन र जागरुक ल्याउन गरिने भएको छ l म्याराथुनमा उठेको सम्पूर्ण रकम नेपालको पुनर्निर्माणमा मात्र खर्च गरिने बताइएको छ l

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com