काफल टिप्न जाउँ भन्दै जंगलमा लागेर छ बर्षीय बालिका बलात्कार...

 बैतडी बैशाख २१,

बैतडीमा ६ वर्षीया बालिका बलात्कृत भएकी छन्। जिल्लाको दक्षिणी तल्लो स्वराडकी ती बालिकालाई गाँउकै १६ वर्षीय किशोरले बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

घरमा कोही नभएको बेला काफल टिप्न जाउँ भन्दै घर नजिकैको जंगलमा लगेर बलात्कार गरेको पीडितका आफन्तले बताए। रगताम्य अवस्थामा घरमा पुगेकी ती बालिकाले घरमा आमालाई भनेपनि उनीमाथि जवरजस्ती भएको परिवारले थाहापाएका थिए । बालिकाको बुवा रोजगारीको लागि भारतमा छन्।

प्रहरीले भाग्दै गरेको अवस्था कक्षा १० मा पढने उप्त किशोरलाई पक्राउ गरी अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय ल्याएको छ । प्रहरी निरीक्षक लक्ष्मणबहादुर शाहीका अनुसार भारत भाग्दै गरेको अवस्थामा महाकाली नदी किनारबाट उनलाई प्रहरीले नियन्त्रणमा लिएकोे हो।

थप अनुसन्धान र स्वास्थ्य परिक्षणपछि मात्रै अन्य जानकारी आउने प्रहरी निरीक्षक शाहीले बताए। बालिकाको स्थानीय स्वास्थ्य संस्थामा उपचार हुन नसकी जिल्ला अस्पतालमा उपचार भइरहेको छ।_नागरिक ;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com