भारतमा जन्मियो माछाजस्तै बच्चा


नयाँदिल्ली (एजेन्सी) बैशाकः २१,

भारतको उत्तर प्रदेशमा माछा आकारको एक अचम्मको शिशुको जन्म भएको छ । दुवै खुट्टा एकअर्कामा जोडिएको र दुवै हात पनि माछाको पखेटाजस्तै फिजारिएको अवस्थामा जन्मिएको उक्त बच्चा १० मिनेट मात्र बाँचेको थियो ।

बच्चाको माथिल्लो भाग विकसित छ भने तलतिरको भाग अविकसित छ । बच्चा बालक या बालिका भन्ने पनि छुट्टिएको छैन ।

चिकित्सकीय भाषामा यस्तो अवस्थालाई ‘सिरेनोमेलिया’ अर्थात् ‘मर्मेड सिन्ड्रोम’ भनिन्छ । उत्तरप्रदेशको सहरनपुरकी २२ वर्षीया महिलाले यस्तो बच्चा जन्म दिएकी थिइन् ।

सुत्केरी गराउने कार्यमा संलग्न सहीराम अस्पतालकी डा. बन्दना आर्यले आफूले यस्तो केस यसअघि कहिल्यै नदेखेको बताइन् । अचम्मको बच्चालाई हेर्न भीड लागेको समाचारमा जनाइएको छ । डेलीमेलबाट

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com