भ्यान्टा स्वास्थ्यका लागि अत्यन्त लाभदायक

एजेन्सी बैशाख ३१,

तपाई तरकारीमा भ्यान्टा कतिको खाने गर्नुहुन्छ ? थोरै खानुहुन्छ वा खान रुचाउनुहुन्न भने आजैबाट खान शुरु गनुहोस् । किनकी भ्यान्ट मानव स्वास्थ्यका लागि निकै फाइदाजनक तरकारी हो ।

भ्यान्टामा पर्याप्त मात्रामा आइरहन पाइन्छ । शरीरमा आइरन बढाउन मात्र होइन भ्यान्टाले मानब शरिरमा मुटु रोग लगाउने खराब कोलेस्टेरोल घटाउन समेत मद्धत गर्छ । रक्तचापलाई नियन्त्रणमा राख्न समेत सहयोग पुयौउने भ्यान्टामा मानिसलाई चाहिने पोटासियम समेत पर्याप्त मात्रामा पाइन्छ ।

अझ तपाई धुम्रपानको लतमा हुनुहुन्छ र अथक प्रयासका बाबजुत पनि लत छाड्न सक्नु भएको छैन भने भ्यान्टले तपाईलाई सहयोग गर्छ । भ्यान्टामा थोरै मात्रामा निकोटिन समेत पाइने भएकाले चुरोट विस्तारै छाड्न यस्ले सहयोग गर्दछ । चुरोटका अम्मलीले नियमित भ्यान्टा सेवन गर्ने हो भने यस्ले चुरोटको तलतललाई विस्तारै कम गर्दै लान्छ र छुटाउन मद्धत गर्छ ।

भ्यान्टामा एन्टिअक्सिड समेत पाइने भएकाले छालाको क्यान्सरबाट समेत बचाउँदछ । पर्याप्त मात्रामा क्यालोरीको स्रोत समेत रहेको भ्यान्टामा पानीको मात्रा समेत धेरै हुन्छ । जस्को सेवनले मोटोपन समेत घटाउन सहयोग पुग्छ ।

मधुमेहको रागीका लागि समेत भ्यान्टा उपयोगी हुन्छ । फाइबरको मात्रामा धेरै रहेकाले मधुमेहका बिरामीको सुगरको मात्रा मिलाउन समेत यस्ले मद्धत गर्छ । टाइप टु मधुमेह भएकाहरुलाई अझ यो बढी प्रभावकारी हुन्छ । भ्यान्टाले कपाल झर्ने समस्यालाई समेत कम गर्न मद्धत पुग्दछ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com