मानव छालाको कोषबाट शुक्रकिट बनाउन वैज्ञानिक सफल

 एजेन्सी बैशाख २१,

स्पेनका वैज्ञानिकहरुले मानव छालाको कोषलाई  जीवाणू कोषमा परिवर्तनका लागि जीनहरुको ककटेल उपयोग गर्न सफल भएका छन् । यो सफलतासँगै शुक्रकिट वा अन्डा विकसित गर्न सहयोग मिल्ने विश्वास गरिएको छ । सफलतासँगै गर्भाधारणका लागि अरुले दान दिएको शुक्रकिट वा अन्डामा निर्भर रहेका जोडीलाई सहयोग गर्ने विश्वास गरिएको छ ।
तस्विर;एएफपी;

एक आँकडा अनुसार सात जोडिमध्ये हरेक एक जोडिमा सन्तान उत्पादन गर्न समस्या हुने गरेको छ । यस नयाँ जीन तयार गर्ने प्रक्रियाले उनीहरुलाई सम्भवत अर्को विकल्प दिनेछ । तथापी कृत्रिम भ्रूण उत्पादन गर्न विद्यमान कठोर कानूनी नियमका कारण अझै पनि धेरै प्रयत्न गर्न बाँकी नै रहेको वैज्ञानिकहरुको बुझाई छ । ‘बच्चा जन्माउन चाहने महिला र पुरुषमा अन्डा वा शुक्रकिट नभएको अवस्थामा के गर्ने ?’ भ्यालिसियन इनफर्टिलिटि इन्स्टिच्युटका अनुसन्धानकर्ताहरु मध्येका एक कार्लोस सिमोन  प्रश्न गर्छन् । ‘परिपक्व यौन प्रजनन कोष (अन्डा वा शुक्रकिट) नभएका व्यक्तिमा देखिएको समस्या समाधान गर्न लागि परेका छौ,’ उनी भन्छन् ।

उनले आफूहरु जापानका नेबेल शान्ति पुरस्कार बिजेता सिन्या यामान्का र बेलायतका जोन गोर्डनको कार्यबाट प्रभावित भएको बताए । उनका अनुसार परिपक्व र प्रौढ कोषलाई बहुशक्तिवान कोषमा परिवर्तन गर्न सकिन्छ ।
‘कोष र जीवधारीको कसरी विकास हुन्छ  भन्ने हाम्रो बुझाईलाई उनीहरुको आविश्कारले क्रान्ती ल्याएको छ,’ नोबेल कमिटीको जुरीले त्यतिबेला भनेको थियो । अहिले सिमोन र उनका सहकर्मीले उनीहरुको महत्वपूर्ण कार्यलाई आधार मानेका छन् ।

उनीहरुको प्रयोगमा जोडीले छालाको कोषमा एउटा जीनहरुको ककटेल थपेका थिए । जिवाणू कोष बन्न त्यसलाई झन्डै एक महिना लागेको थियो । ‘अंकुरण कोषलाई शुक्रकिटमा रुपान्तरण गर्न सकिए पनि त्यसमा फर्टिलाइज गर्ने क्षमता भने हुने छैन किनकी अन्डा वा शुक्रकिट उत्पन्न गर्न उत्परिबर्तन चरणको आवश्यकता पर्छ,’ सिमन भन्छन् ।

‘हामीले अझै बढी परीक्षण गर्न आवश्यक छ किनकी हामलिे एउटा बच्चाको जन्मबारे परीक्षण गरिरहेका छौ,’ उनी भन्छन्, ‘हामीले लामो प्रक्रियाबारे छलफल गरिरहेका छौं ।’

त्यसो त यस प्रक्रियाबाट बच्चा जन्माउन कानूनी अड्चन पनि उब्जन सक्छन् । कृत्रिम शुक्रकिट र अन्डा प्रयोग गरेर बच्चा जन्माउने क्षमता विकास गर्यौ भने यसलाई प्रयोग गर्ने कि नगर्ने ? यसरी जन्मिएका बालबालिकामा कुनै जैविक बेफाइदा त हँुदैन ? वैज्ञानिकमाझ अर्को बहस हुन थालेको छ ।

बहस जारी रहेकै बेलामा विज्ञानको अविश्कार अझै रफ्तार गतिमा हुनुपर्छ । त्यसो त यसअघि पनि चिनियाँ अनुसन्धानकर्ताहरुले मुसाको अन्डाशय फर्टिलाईज गर्न टेस्ट ट्युब शुक्रकिटको प्रयोग गरेका थिए ।
यो अध्ययन साइन्टिफक रिपोर्टमा प्रकाशन गरिएको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com