डाक्टरी पढाइ छाडेर अहिले पशुपालन

 रामपुर (पाल्पा) बैशाख २४,

मदनपोखरा– ९ तिनकुने टोलका हरि थापा डाक्टरी पढाइ छाडेर अहिले पशुपालनमा लागेका छन् । एमबिबिएस पढ्नका लागि रसिया पुगेका थापाले डाक्टरी पढाइ छोडेर गाउँमै आएर बाख्रा र कुखुरा व्यवसाय सुरु गरेका छन् ।
फोटो फाइल;
सात वर्षसम्म रसियामा एमबिबिएस पढ्दै गरेका थापाले रु २१ लाख खर्च गरे । ‘गाउँमा सबै युवाले पशुपालन र तरकारी खेती गरी गाउँ नै हराभरा बनाएको देखेपछि पढ्न भन्दा नि व्यवसाय गर्ने मन जाग्योे” उनले भने, ‘परिवारको सोच डाक्टरी पढाइतिर भए पनि मेरो मन एक्कासि बदलियो, बीचमै पढाइ छाडेर घर फर्केर बाख्रा र कुखुरापालन व्यवसायमा हात हाले ।’

थापाको सानैदेखि नै पशुपालन गर्ने इच्छा थियो । ‘डाक्टरी पढेर विदेशमै अरुको सेवा गर्दै मलाई ठिक्क हुन्थ्यो, तर परिवार र गाउँबाट म सधैँ टाढा हुन्थे,” उनले भने । विदेशी जीवन भन्दा गाउँले जीवन वेश लागेर पशुपालन व्यवसाय सुरु गरेको थापाको भनाइ छ ।

थापाले रु १५ लाखको लगानीमा बाख्रा फार्म तथा कुखुरा फार्म सञ्चालन गर्नुभएको छ । फार्ममा ५७ वटा जमुनापारी, खरी र वयर जातका बाख्रा रहेका छन् भने स्थानीय कुखुरालाई संरक्षण गर्ने उद्देश्यका साथ ४०० कुखुरा समेत उनले पालेका छन् ।

गाउँमै बसेर व्यवसाय गर्न थालेपछि व्यवसायतर्फ झन् हौसला बढ्दै गएको उहाँको भनाइ छ । यस व्यवसायबाट थापाले वार्षिक रु सात लाखदेखि रु आठ लाखसम्म आम्दानी गरिरहेका छन् ।

व्यवसायमा हौसला बढाउनका लागि जिल्ला पशुसेवा कार्यालयले कुखुरा संरक्षण कार्यक्रमअन्तर्गत रु २० हजार रकम उपलब्ध गराएको प्राविधिक शेरबहादुर रानाले बताउनुभयो । पछल्लो समय जिल्लामा पशुपालन तथा तरकारी खेतीमा शिक्षित युवाको आकर्षण बढ्दो छ । रासस

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com