आफ्नै छोरा ‘बलात्कारी’ बनेर आएपछि …

बर्दिया बैशाख २९,

हरेक आमाबाबु चाहन्छन् कि छोराछोरी बुढेसकालको साहारा बनोस् । ठूलो भएपछि आफूलाई गाह्रो सारो पर्दा हेरिदेओस् । तर, सबै आमाबाबुको यो आकांक्षा पुरा हुँदैनन् । उनीहरु निर्दयी पनि भइदिन्छन् ।

बर्दियाको वानियाभार गाविस वार्ड न ४ की ६० वर्षीय मल्ल थरकी एक महिलाको जीवनमा यस्तै भएको छ ।

उनले कहिल्यै सोच्दै नसोचेको घटना भयो । र, आफ्नो छोरा ‘बलात्कारी’ बनेर आए ।

वानियाभार प्रहरी चौकीमा एक पुरुषले आफ्नै आमालाई कुटपिट गरेको खबर आयो । स्थानीयले खबर गरेपछि प्रहरी टोली पुग्यो ।

करिव ३/४ महिना अघि मात्र पती गुमाएकी महिलाले उनकै ३० वर्षे छोराले कुटपिट गरेका रहेछन् । कुटपिटका कारण पीडित महिलाको अनुहार तथा शरीरको विभिन्न भागमा चोट लागेको छ ।

सोधपुछका क्रममा पीडित महिलाले जे भनिन्, त्यो सुन्दै कहाली लाग्दो थियो । उनले प्रहरीलाई बताए अनुसार उनका छोराले बुधबार विहान करिव ४ बजे बलात्कारको प्रयास गरेका थिए ।

उनका श्रीमती माइत गएकी थिइन् । विहानै मदिराले मात्तिएका छोराले आफूलाई बलात्कारको प्रयास गरेको पीडित महिलाले रुँदै प्रहरीलाई सुनाइन् ।

उनलाई अहिले स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको छ । अनुसन्धानका खटिएका प्रहरीका अनुसार पीडित महिलाले दिएको बयान सही देखिएको छ । यद्यपि मेडिकल रिपोर्ट आउन बाँकी छ ।

आमालाई करणी गरेको आरोपमा पक्राउ परेका युवकले अझै मुख खोलेका छैनन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।_स्रोत-अनलाइन;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com