फेसबुकबाट चिनजान, बिहे भएको ४ महिनामै पतिको हत्या...

 – विकाश पराजुली
बुटवल, २२ वैशाख ,

फेसबुकमा भएको चिनजानका आधारमा ४ महिना अगाडि विवाह गरेकी एक युवतीले आफ्नै श्रीमानलाई हत्या गरेको प्रहरीले बताएको छ ।

रुपन्देही पडसरी गाविस–८ कटैयाकी १९ बर्षिया अस्मिता थापाले २१ बर्षीय श्रीमान विजय थापालाई गएराति आफ्नै घरमा हत्या गरेको प्रहरीले बताएको हो । उनीहरु फेसबुकमा चिनजान भएको १ बर्षपछि गत पुस महिनामा मात्र बैवाहिक जीवनमा बाधिएका थिए ।

श्रीमान विजय थापाले राति मदिरा सेवन गरी आएको र श्रीमतीले सम्झाउँदा उल्टै आफूलाई गाली गलौज गरेको झोंकमा आफूले सुतिरेहेको मौकामा जाँतोले टाउकोमा प्रहार गरेर लोग्नेको हत्या गरेको साविती बयान उनले दिएको प्रहरीले बताएको छ । विजयले दिनहुँ रक्सी आउने गरेको र उनीहरुको झगडा हुने गरेको पनि प्रहरीले बताएको छ ।

श्रीमान विजयीले २० गते राति ११ बजे रक्सी, चुरोट खाई श्रीमती सुतेको स्थान घरको छतमा गएको र श्रीमतीले सम्झाई बुझाई गर्दा उल्टै श्रीमतीलाई गाली गलौज गरेपछि रिसको झोकमा छतमा गहुँको बोरालाई च्यापी राखेको झाँतोले टाउकोमा प्रहार गरी हत्या गरी छतवाट जमिनमा खसी मरेको भन्ने पार्नको लार्गी जमिनमा फालिदिएको प्रहरी बयानका क्रममा बताएको प्रहरीले जनाएको छ ।

विजयको छतबाट लडेर अस्वाभाविक मृत्यु भएको जानकारी उनको परिवारले प्रहरीलाई दिएपछि बिहान ३ बजेतिर प्रहरी टोली घटनास्थल पुगेको डिएसपी रामेश्वर कार्कीले बताए ।

तर, उनी सुतेको बिस्तरामा रगत देखेपछि उनको हत्या भएको शंका गरि प्रहरीले अनुसन्धान थालेको पनि उनले बताए ।दैनिकनेपल;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com