२० बर्षमा बिहे, २२ बर्षमा विधुवा र २३ बर्षमा कोठीमा पुगेकी युवतीको कथा...

एजेन्सी जेष्ठ २,

श्रीमानसँग सुखको जिन्दगी विताइरहेकी एक विवाहित युवतीको जिन्दगीमा एउटा यस्तो तुफान आयो कि उनको सबै सपना तहसनहस पारिदियो ।

उनको जीवनमा एक समय यस्तो पनि आयो कि रोजीरोटीका लागि वेश्यावृतिमा समेत लाग्नुपर्यो । खासगरी उनी आफ्नो दुधेबालकका लागि कोठीमा बेचिन पनि तयार भइन् ।

२० वर्ष भन्दा पनि कम उमेरमै विहे, २२ वषमै भइन् विधवा
सुखी र खुसीको जिन्दगीबाट वेश्यावृतिसम्मको यात्रा तय गर्ने यी युवतीको विहे २० वर्ष नपुग्दै सानै उमेरमा भएको थियो । उनको खुसी धेरै समय टिकेन र २२ वर्षको उमेरमै उनका श्रीमानको मृत्यु भयो । त्यो पीडाले उनको जीवनलाई अध्यारोमा धकेल्यो । श्रीमानको मृत्युको बेला उनको काखमा दुई वर्षको बच्चा थियो ।

यसरी फसिन वेश्यावृतिको दलदलमा
श्रीमानको मृत्युपछि उनलाई आर्थिक संकट आइलाग्यो । दुधेबालकलाई पाल्न उनलाई धौ धौ भयो । त्यही बेला आमाको जस्तै माया दिने र सहारा दिने विजयलक्ष्मी नामकी एक महिलासँग उनको फेरि भेट भयो । 

विजयलक्ष्मीले उनलाई घरेलु नौकरानीको काम दिने प्रलोभन देखाएर आफूसँग लगिन् । छोरा पाल्न धौधौ भइरहेका बेला उनी काम पाएपछि विजय लक्ष्मीसँगै सहजै गइन् । तर, विजय लक्ष्मीले केही दिन घरेलु कामदार बनाएर त्यसपछि दुई लाख रुपैयाँमा कोठीमा बेचिदिइन् ।

अहिले उनी भारतको चर्चित वेश्वालय जीबी रोडको कोठा नम्बर ५७ महिनौदेखि जबरजस्ती देह व्यापारको सिकार बनेकी छिन् । कनार्टकी यी महिलाको दर्दनाक घटना प्रहरीको क्राइम ब्राञ्चमा पुगेपछि प्रहरीले त्यहाँ छापा हानेको छ ।

कोठीबाट प्रहरीले कोठी सञ्चालनमा सहायक काम गर्ने ५० वर्षीय राधिका र ३० वर्षीय ज्योतिलाई गिरफ्तार गरेको छ । जबकी कोठी मालिक्नी र युवती बेच्ने विजयलक्ष्मी फरार छिन् । राधिकालाई न्यायिक हिरासतमा जेलमा बन्द गरिएको छ भने ज्योतिलाई जमानतमा छाडिएको छ । फरार दुबै महिलाको खोजी भइरहेको दिल्ली प्रहरीले जनाएको छ ।
(भारतीय पत्रिका जागरण डट कमको सहयोगमा)

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com