ऋण तिर्न नसक्दा साहुलाई जिम्मा सुम्पिए श्रीमती र बच्चा...

 एजेन्सी बैशाकः २५,

तपाईले ऋण तिर्न नसकेको खबर त सुन्नुभएकै होला तर, यस्तो पहिलोपटक भएको छ कि एक व्यक्तिले साहुको पैसा फिर्ता गर्न नसकेपछि आफ्नै श्रीमती र बालबच्चा सुम्पिएका छन् ।

घटना भारतस्थित नालन्दा जिल्लाको नारजपुरको गाउँको हो । यहाँका हिमांशु प्रसाद सुमन नामका युवकले आफ्नो स्टुडियो खोल्नका लागि गाउँकै साहु सावन कुमारबाट चार लाख रुपैयाँ ऋण लिएका थिए । त्यसपछि सुमनले एक युवतीसँग प्रेम गरे र उनैसँग विहे पनि गरे । तर, यो प्रेम सम्बन्धको समयमा उनले लिएको ऋणको ब्याज पनि बढ्यो । साहुले जब उनीसँग साहु ब्याजसहित ऋण फिर्ता मागे तब उनले आफ्नी श्रीमती र दुई सन्तानलाई ऋणको बदला दिने प्रस्ताव गरे जसलाई साहुले स्वीकार गरे ।

दुबैको सहमतिमा सुमनले आफ्नी श्रीमतीको विहे साहु सवान कुमारसँग गरिदिए । र बच्चाका साथ श्रीमतीलाई अन्माएर पठाए । यो घटना पुरै इलाकामा जंगलमा आगो लागेजसरी फैलिरहेको छ । तर, गाउँलेहरु यस्तो लज्जित कार्यप्रति बोल्न मानिरहेका छैनन् ।

ऋणको बहानामा श्रीमतीबाट मिल्यो छुटकारा
समाचार अनुसार ऋण लिनेदिने चक्करमा साहु सावन कुमार सुमनको घर आउजाउ गरिरहन्थे । स्थानीयहरुको भनाई अनुसार साहु सावन कुमार र सुमनकी श्रीमतीबीच निकटता बढ्दै थियो । सुमनले ऋण तिर्ने बहानामा यो खेल खेले जसले उनको ऋण पनि चुक्ता भयो र श्रीमती र सावनकुमारको सम्बन्धबाट पनि उनले छुटकारा पाए ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com