बैदेशिक रोजगारमा जाने महिलाको तलव कम्तिमा तीस हजार हुने...

काठमाण्डौ बैशाख २७,

 छुट्टै सुत्ने कोठाको व्यवस्था, व्यक्तिगत फोन बोक्न दिनुपर्ने

प्रकाश ढुंगाना : श्रम तथा रोजगार मन्त्रालयले घरेलु कामदारका रुपमा वैदेशिक रोजगारमा जाने निर्देशिका २०७२ लाई संशोधन गरेको छ। मन्त्रालयका प्रवक्ता भरतमणि भुर्तेलले घरेलु कामदारहरुले सुरक्षालाई मध्यनजर गदै घरेलु कामदार निर्देशिकामा केही सामान्य संशोधन गरेको सेतोपाटीलाई जानकारी दिए।

गत वर्ष वैशाख ८ गते सरकारले ल्याएको निर्देशिकालाई केहिलाई अघि बसेको मन्त्रिपरिषद्को बैठकले संशोधन गरेको हो। घरेलु कामदारलाई सुरक्षित बनाउने तवरबाट निर्देशिका संशोधन भएको उनले बताए। निर्देशिका संशोधनले सबैभन्दा बढी महिला कामदारलाई राहत पुगेको छ।

महिलाहरु व्यक्तिगत तवरमा अब विदेश जान पाउने छैनन्। विदेशमा भएको रोजगारदाता कम्पनी र नेपालमा भएको कम्पनीबीच सहमति भएपछि मात्रै महिला कामदार अब विदेश जान पाउने प्रवक्ता भुर्तेलले बताए। व्यक्तिगत रुपमा विदेश जान महिलाहरुलाई निरुत्साहित गर्ने र संस्थागत रुपमा मात्र विदेश पठाउने प्रावधान संशोधित निर्देशिकामा उल्लेख रहेको उनले बताए। यस्तै कम्तीमा पनि महिला कामदारको तलव ३ सय अमेरिकी डलर (३० हजार रुपैयाँ)  हुनुपर्ने, बसोबासका लागि छुट्टै कोठा हुनुपर्ने, व्यक्तिगत फोन बोक्न दिनुपर्ने लगायतका सुविधा थपेर निर्देशिका संशाेधन गरिएको उनले बताए।

यी सुविधा नभएसम्म महिला कामदारलाई बिदेश जान श्रम विभागले स्वीकृति नदिने उनले बताए। संशोधित ऐनमा कामदार विदेश पठाएपछि नेपाल नर्फकन्जेसम्म म्यानपावर कम्पनीले निरन्तर निगरानी गरिरहनुपर्नेसमेत उल्लेख छ। 

श्रम सम्झौता नभएका मुलुकहरुसँग सम्झौता गर्ने तयारी पनि मन्त्रालयले गरिरहेको छ। सरकारसँग कति महिला कामदार विदेशमा छन् कुनै तंथ्थाक छैन् । अहिले बढीमा ३० लाख युवाहरु वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेको अनुमान मन्त्रालयले गरेको छ। सबैभन्दा बढी महिला कामदार साउदी अरब, कतार र मलेसियामा रहेको श्रम मन्त्रालयका प्रवक्ता भुर्तेलले बताए।

श्रम तथा रोजगार मन्त्रालयले डेढ वर्ष अघि सबै उमेरका महिलालाई रोजगारीका लागि खाडी मुलुक पठाउन प्रतिबन्ध लगाएको छ । तत्कालिन श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले महिला कामदारमाथिको प्रतिबन्ध अस्थायी लगाएका हुन। खाडी मुलुकमा महिला घरेलु कामदारको ठूलो माग छ।

ठूलो संख्यामा महिला कामदारको शारीरिक, मानसिक र आर्थिक शोषण भएपछि सरकारले महिला खाडी मुलुक नपठाउने निर्णय गरेको थियो। मानव तस्करले भारतको बाटो हुँदै ३० वर्षमुनिका महिला कामदार अवैध रूपमा खाडी मुलुक पुर्‍याइरहेका छन्। 

कामका लागि बिदेसिने महिलाको मुलुकको अर्थतन्त्रमा ठूलो योगदान रहँदै आएको छ। केही अघि यूएन वुमनले गरेको अध्ययनअनुसार रेमिट्यान्समा महिलाको योगदान ११ प्रतिशत छ।_स्रोत-सेतो पाटी;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com