स्ट्रबेरीका फाइदा

काठमाण्डौ बैशाख ३१,

स्ट्रबेरीका फाइदाहरू धेरै छन् । स्ट्रबेरी यौन शक्ति बढाउने सबै भन्दा राम्रो फल मानिन्छ । स्ट्रबेरीमा पाइने एन्टिअक्सिडेन्ट र एन्टी इन्फामेटरी तत्व हुन्छ जसले क्यान्सरसंग लड्न मद्धत गर्छ । यो आँखाका लागि फाइदाजनक हुन्छ ।

स्ट्रबेरी भिटामिन सी महत्वपूर्ण स्रोत हो । १०० ग्राम स्ट्रबेरीमा ३२ क्यालोरी प्राप्त हुन्छ । यसले चाउरीपना कम गर्छ र अनुहारमा चमक पनि ल्याउँछ । सेक्स र सुन्दरताका लागि स्ट्रबेरी निकै उत्कृष्ठ मानिन्छ । यसले मुटु रोगबाट पनि बचाउँछ ।

यसले रगतमा नराम्रो कालेस्टेरोल कम गर्छ । स्ट्रबेरीले जोर्नी दुखेको कम गर्छ । यसले रक्तचाप नियन्त्रण गर्न पनि मद्धत गर्छ । स्ट्रबेरीमा फाइबरको मात्रा पनि बढी हुन्छ । 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com