१६ वर्षीया किशोरीले जन्माइन तिम्ल्याहा बच्चा

जुम्ला जेठ १३,

पातारासी-२ तल्फीगाउँकी १६ वर्षीया किशोरी सङ्गीता बोहोराले तीनवटा शिशु जन्माएकी छन् ।

उनले बिहीबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा तीनवटा शिशु जन्माएकी हुन्।

पहिलो एक हजार ४०० ग्राम, दोसो ८५० ग्राम र तेस्रो बच्चा एक हजार ४०० ग्रामको जन्मिएको अस्पतालका नर्सिङ अधिकृत सविना थापाले जानकारी दिनुभयो ।

पहिलो र दोस्रो शिशु जीवितै अवस्थामा जन्मिएका छोरा हुन् भने तेस्रो सन्तान छोरी भने मृत अवस्थामा जन्मिएको हो ।

आमाको स्वास्थ्यावस्था भने सामान्य रहेको बताइएको छ । रासस

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com