परदेशिको पीडादायी कमाईसंगै सरकारको झन्झटिलो नियम

उत्तम बिक, 
संसार बिचित्रको छ बाँच्नु मात्रै पर्छ संसार देखिन्छ” वास्तबमै हो रहेछ । हामी २१ औं शताब्दीको मानीस तर हामी भन्दा त १६ औं शताब्दीका हाम्रा पुर्खाहरु नै बुद्धिमानी रहेछन किनकी उनिहरुको भनाई अहिले सम्म हाम्रो समाजमा जिबीतै छ । कुरा हो २०७३ सालको बैषाख १ गत्ते देखि लागु हुनेगरि बिदेशबाट काम गरेर फर्कने नेपालीले ल्याएको मोबाईल टेलिकममा दर्ता गर्नुपर्ने नियमले यतिबेला बजार तताएको छ भने बल्लतल्ल दुखले कमाएको पैसाले खरिद गरिने सामान पनि आफुखुशी प्रयोग गर्न नपाउदा अर्काे झन्झट थपिएको छ । अहिले सम्म नेपाली जनताले उपभोग गर्न सक्ने मोबाईल नेपालमा उत्पादन हुन नसक्नु दुखद कुरा हुदाहुदै पनि अहिले जुन बैदेशिक रोजगारबाट फर्किदा अरु देशबाट ल्याईने मोबाईलमा पनि दर्ता प्रक्रियामा जाँदा केही मात्रमा फाईदा देखिए पनि धेरै मात्रमा बेफाईदा र झन्झटिलो देखिन्छ । सिमीत ब्यक्तीलाई फाईदा हुने गरि बिना उत्पादन २/४ जना ब्यक्ती मोटाउनको लागी गरिने निर्णय नेपाली जनताको लागी मान्य हुन सक्दैन ।

 नेपालको बजारमा बेचिने मोबाईलहरु सबै नेपालमा बनेका छैनन । अन्य देशबाट भित्रीने हुन । आफ्नो देशमा उत्पादन नहुने सामान अन्य देशमा काम गर्न जानेले किनेर ल्याउदा पनि अनाबश्यक झन्झट बेहोर्नु पर्छ भने त्यो भन्दा लज्जास्पद र सास्थी अरु के हुन सक्छ बिदेशको कमाईले किनेर ल्याएको मोबाईल नेपालमा दर्ता गर्दा जनताले फाईदा भन्दा बढी झन्झट र खर्चिलो हुन्छ भने नेपाल सरकारले त्यही किसीमको सुबिधा दिनु पर्छ कि पर्देन सधै अलग अलग नियम बननएर जनतालाई दुख दिने  निती बन्द गरिनु पर्छ । जनताले आफ्नो तरिकाले जिबन जिउन सक्ने बातावरण सरकारले बनाउन पर्छ तर जनतालाई लुटने र दुख दिने नियम बनाउनु हुदैन । यो नियमले नेपाली जनता हैन उनै जनता ठग्न पल्किएका दलाल मोटाउन सक्छन तर जनताले सास्थी पाउने निश्चित छ । हाम्रो देश गरिब देश हामी गरिब जनता तर हाम्रा देशको सरकार चाही पुँजीपति हुन्छ  यदि हुदैन भने लाटो देशको गाडो तन्नेरी बनेर के फईदा नेपाल सरकार धनि भए नेपालको कुन चाही मोबाईल कारखाना बन्द हुने अबस्थामा पुग्यो र यस्तो नियम लगाउन शुरु गरियो अहिले सम्म नेपाल सरकारको कुन चाही मोबाईल बजारमा बिक्रि भएन र बिदेशबाट ल्याउने मोबाईल टेलिकममा दर्ता गर्नुपर्ने झन्झट नेपाली जनताले ब्यहोर्नु पर्ने ?

दुख गरेर कमाएको रकम पनि आफु खुशि गर्न नपाउनेआफ्नो देशमा रोजगरिको सिर्जना गर्न नसक्ने तर अरुको देशमा गएर रगत र पसिना चुहाउदै कमाएको रकमले आफ्नो घरपरिवारलाई चाहिने सामान किन्न पनि नपाउने यो कस्तो कानुन हो कुनै पनि कुराको ब्याबस्थापन नगरि नियम बनाउदा त्यसको सकारात्मक भन्दा नकरात्मक असर बढि हुन्छ भन्ने तर्फ सम्बन्धित पक्षले किन ध्यान दिन सक्दैन हामीले अन्य राष्ट्रबाट निर्यात गरिएको मोबाईल नै प्रयोग गर्ने हो भने बिदेश बसेर नेपाल फर्किने ब्यक्तीले ल्याएको मोबाईल किन टेलिकममा दर्ता गर्ने त्यसबाट सर्बसाधारणलाई फाईदा भन्दा बढी घाटा पुग्छ भने त्यो कदम किन सरकारले चाल्ने सरकार र सम्बन्धित निकायले अनाबश्यक नियम बनाउदैमा नेपाल बिकसीत देश बन्ने होईन बिकास हुनको लागी नेपाली जनतालाई आफ्नो देशको हितमा लगाउन सक्ने योजना बनाउन सक्नुपर्छ । छिमेकी राष्ट्र भारतचिन लगायत बिकसीत देशमा आफ्नो देशमा मोबाईल निर्माण हुन्छ तै पनि अरु देशमा बनेका मोबाईल प्रयोग गर्छन खै त उनिहरुको देशमा कुनै असर परेको छैन । हाम्रो जस्तो देश जो अरु देशको उत्पादनमा निर्भर रहनुपर्छ त्यस्तो देशमा यस्तो नियम कानुन बनाउनु भनेको जो कङ्गाल उहि चण्डाल बाहेक अरु केही हुन सक्दैन ।

 भएको नियम कानुनलाई ब्यबहारमा लागु गर्नुको सट्टा अनाबश्यक नियम बनएर रमिता देखाउदैमा देश परिबर्तन हुन सक्दैन । देश परिबर्तन गर्नको लागी पहिला मानसिक्ता परिबर्तन हुन जरुरी छ । आफ्नो देशको उत्पादन अरु देशमा पु¥याउने फराकिलो सोच बनाउ हाम्रो देशको योयो उत्पादन बिदेशी बजारमा उप्लब्ध छ भनेर नेपाली जनतले बिज्ञापन गर्ने दिनको निर्माण गर । अनि मात्र नेपाली जनतालाई खुशि छाउन सक्छ नत्र काम गर्ने हनुमान पगरी गुथने ढेडुको उखान हुनेछ ।

  सबै कुराको एउटा निश्चित सिमा हुन्छ सिमा मिच्नेकाम जनताले गरेमा सजायको भागीदार बनाउन सक्ने ब्यबस्था सरकारले गर्नुपर्छ तर सरकारले नै सिमा नाघ्ने काम गर्नु हुँदैन । बिदेश बसेका आफन्तले पठाएको वा आफै फर्किदा ल्याएको मोबाईल दर्ता गर्नुपर्छ भने बिदेशीले बिकासको लागी दिएको रकम बापत खाएको कमिसन नेपाली जनतालाई देखाउनु पर्छ कि पर्दैन पर्छ भने अहिले सम्म कुन कुन बिषयमा कति कति कमिसन खाए त्यसको हिसाब किताब खै अहिले सम्म नेपाली बजारमा आएका मोबाईलको बिबरण कुन चाही टेलिकममा दर्ता भएको छ नत्र नेपाली ब्यापारीले बेच्ने मोबाईल नेपालको कुन कम्पनिले उत्पादन गरेको हो अरु देशको उत्पादनले काम चलाउनु पर्ने बाध्यता भएको देशमा अझ बिदेशबाट दुख गरि कमाएको पैसाले किनेर ल्याएको मोबाईल पनि टेलिकममा दर्ता गर्नु पर्ने रे कहि नभएको जात्रा हाडी गाउमा !

तसर्थ नेपाली जनतालाई मान्य हुने र समाजमालाई पच्ने खाल्को नियम मात्र बनाउनु पर्छ  । हचुवामा निर्णय गरेर जनतालाई ठग्ने नियम बनाउनु हँुदैन । बरु सकिन्छ थोरै भएपनि नेपाली बजारमा आफ्नै देशको उत्पादनलाई प्राथमिकता दिने बाताबरण निर्माण गरौ अरुको बैसाकीमा हिडनु पर्नेले खुट्टाको धाक नलगाउ । जनतालाई दैनिक उपभोग्य ग्याँस दिन नसक्नेले आयल निगमका हाकिमलाई बोनस दिनेभ्रष्टचारको मुद्धा खेपेका राष्ट्रघातीलाई लाखौं रुपया सेवा सुबिधा दिनेबिना बिकासका पुर्बधार नगरपालिका घोषणा गर्नेभुकम्प पिडीत जनतालाई गाँस बास कपासको ब्यबस्था गर्न सक्दैनन ५० औं जनाको जम्बो टोली बिदेश भ्रमणमा जानेदेश चलाउन साधारण लेखपढले हुने सवारी चलाउन शैक्षिक योग्यताको प्रमाण पत्र चाहिने यस्ता धेरै खाले नियम बनाउनु भन्दा थोरै नियम बनाउ तर नेपाली जनता र नेपाललाई सुहाउदो नियम बनाउ नत्र जनतालाई दुख दिने नियमले भोली आफैले दुख भोग्न नपरोस गरि खानेलाई गरिखाने बातबरण निर्माण गरौं ठगी खानेलाई ठगी खाने बाटो बन्द गरौं देश बिकास भए मात्रै ब्यक्ती बिकास हुन्छ । शिसाको घरमा बसेर काठको घरमा ढुङ्गा नहानौं बेलैमा चेतना भया !!

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com