यस्ती आमा जो आफ्नै अगाडी छोरीको रेप गराउथिन्...

एजेन्सी बैशाख २८,

उत्तर प्रदेशमा मदर्स डे काृ एक दिनपछि यस्तो घटना बाहिर आएको छ जसले आमा जस्तो पवित्र सम्बन्धलाई लज्जास्पद गरिदिएको छ ।
बाबुसँग पुलिसलाई उजुरी दिन पुगेकी पीडित किशोरी

घटनाअनुसार एक किशोरीले आफ्नै आमाको दबाबका कारण छिमेकीसँग विगत दुई वर्षदेखि जबरजस्ती शारीरिक सम्बन्ध बनाउन बाध्य हुनुपरेको सनसनीपूर्ण कर्तुतको खुलासा गरेकी छिन् ।

घरको इज्जत, आमा बाबुको सम्बन्ध नविग्रियोस भनेर उनी आफूमाथि दुई वर्षदेखि हुँदै आएको अत्याचार सहँदै आएकी थिइन् । तर, जब आमाले जबरजस्ती उसैसँग विहे गरिदिन खोजेपछि किशोरीले आफ्नो धैर्यताको बाध तोड्दै सबै कुरा आफ्ना बाबुलाई सुनाइन् ।

छोरीको कुरा सुनेर बाबुको होसै उड्यो र तत्कालै उनी उजुरी गर्न पुलिस चौकी पुगे । उनले आफ्नी कथित श्रीमती र छिमेकीविरुद्ध प्रहरीमा उजुरी दिए । उजुरी पाएपछि प्रहरीले दुबैलाई गिरफ्तार गर्यो ।

यसरी हुन्थ्यो दिनदिनै रेप
प्रहरीका अनुसार जूही प्रहरी थाना क्षेत्रको परमपुरवा क्षेत्रमा बस्दै आएका रमाशंकर (नाम परिवर्तन) परिवारको पेट पाल्न पान पसल चलाउथे । उनको परिवारका तीन छोरी र एक छोरा छन् । छोरीहरुमा माईली छोरी कक्षा ९ की छात्रा हुन् । जो आफ्नै आमाका कारण यौनशोषणको सिकारमा परिन् । माइतली छोरीले प्रहरीमा दिएको वयान अनुसार छिमेकमा बस्दै आएका राजु नामका युवक विजुली मिस्तरी हुन् । र उनको घर आउने जाने गरिरहन्थे ।

पीडितले भनेकी छिन्– मेरी आमा छिमेकी राजुसँग जबरजस्ती आफ्नै अगाडि घरमै शारीरिक सम्बन्ध राख्न लगाउँथिन् । यसका साथै उनी कसैलाई बताए मारिदिने धम्की पनि दिन्थिन् ।

पीडितले रुँदै भनिन्– जब बाबु आफ्नो पसल जान्थे र भाई नौकरी र बहिनी पढ्न स्कुल जान्थे । त्यो समयमा राजूलाई घरमा बोलाएर आमा शारीरिक सम्बन्ध राख्न लगाउथिन् । विरोध गर्दा आमा मेरो हात खुट्टा समातेर राजूलाई जबरजस्ती सम्बन्ध राख्न लगाउथिन् ।

विगत दुई वर्षसम्म चलेको यो सिलसिलाका क्रममा आमा उनलाई यो नै तेरो श्रीमान हो, यसलाई(छिमेकी)लाई श्रीमान मान्नुपर्छ भन्दै तेरो विहे यसैसँग हुन्छ भनेर मानसिक दबाब समेत दिन्थिन् ।

जूही प्रहरी थाना प्रमुख ज्ञानेन्द्र सिंहका अनुसार पक्राउ परेको आमा र छिमेकी युवक राजूमाथि कारवाही सुरु भएको छ । उनीहरुमाथि कम्तीमा २० वर्षको जेल सजाय हुनसक्छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com