दाजुभाइ को नाता गास्दा लुटिय धादिङका मुरारी

 सुसान आचार्य, दुबई जेठ २,

बैदेशिक रोजगारीको को सिलसिलामा यूएईको अबुधाबी स्थित एक  रेस्टुरेन्टमा बिगत दुई बर्ष देखि काम गर्दै आयका धादिङ त्रिपुरेश्वर -३ खहरेका मुरारी तिमसिना गत मे १२ तारिक राती युएईको बर दुबइमा  लुटिएका छन ।
आबुधाबि बाट आफ्नो विशेष कामले १२ मे का दिन दुबई आएका मुरारी दुबईको बर दुबइ अल्गुबैबा मेट्रो स्टेशनको नजिक रहेको मेट्रो पार्कमा आयका थिय । छुटीको दिन उक्त स्टेशन वरपरको पार्कमा नेपालीहरुको भीड़नै लाग्ने गर्छ । प्राय दुबई मा बसोबास गर्ने  नेपालीहरुको भेटघाट गर्ने थलो नै अल्गुबैबा मेट्रो स्टेशन पार्क बनेको छ । चारैतीर नेपालीहरुको मात्र जमात देखिने उक्त पार्कमा मुरारी समेत घुम्न गएका थिय ।

यसरि घुम्ने क्रममा नेपालको झापा देखि भिजिट भिसामा आएका आफ्नै थर मिल्ने अनिरुद्र तिमसिना नाम गरेका ब्यक्ति संग भेट भई दाजु भाईको साइनो लगाउँदै कुराकानीको क्रममा नजिकिएका मुरारी बेलुका सँगै बास बस्ने निर्णय गरी बुर दुबई स्थित एक होटलमा एउटै कोठा लिएर  बास बसेको बताउछन् । बेलुका सङ्गै सुतेका भाइ बिहान् उठदा आफ्नो सम्पुर्ण सामान सहित घाटिमा लगायको ३.५तोलाको सुनको सिक्री र नगद ७ हजार दिराम समेत बोकेर भागे पछी आफु लुटिएको पत्तो पाएको मुरारीले बताएका छन ।

आफुले आफ्नै थर गरेको दाजुभाइ भनी बिश्वास गर्दा ठुलो धोका खाएको उनि बताउछन । होटेल मा खाएको बिल तिर्न भनी ५०० दिराम छोडेको हुदा आफु त्यहा बाट फर्कन पाएको बताउदै बिदेश मा कुनै नेपाली को पनि छिट्टै बिश्वास गर्न नहुने उनको भनाइ रहेको छ । यसरी आफुलाइ धोका दिएर आफ्नो सम्पुर्ण सामन सहित झन्डै नेपाली ५ लाख बराबर को चोरी गर्न अनुरुद्र को खोजी गरि न्याय दिलाउन माग गर्दै आफुले यूएई स्थित नेपाली जनप्रगतिशील मोर्चा समक्ष निबेदन समेत दिएको जानकारी मुरारी ले दिएका छन।

आबुधाबि बाट सँगै काम गर्ने साथीको नेपाल पठाई दिनु पर्ने पैसा सहित सवै रकम लुटिय पछि मुरारी यत्ति खेर घरको न घाटको भएका छन । साथै मुरारीले होटल मा सँगै बस्दा दुबै जनाको पासपोर्ट फोटोकपी होटलमा बुझाएको हुदा स प्रमाण यूएई प्रहरी सामू आफु लुटीएको बयान दिदै सहयोग गरिदिन आग्रह सहित नेपालीजनप्रगतिशिल मोर्चा समक्ष समेत आफुले निवेदन पेस गरेको जानकारी मुरारी ले दिएका छन ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com