एजेन्सी बैशाख २३,
गर्मी मौसममा शरीरलाई शितलता प्रदान गर्ने खानेकुरामध्ये एक हो खरबुजा । शरीरलाई चिसो प्रदान गर्नुका अतिरिक्त यसले स्वास्थ्यमा धेरै फाइदा गर्छ । खरबुजाका पारखीका लागि अर्को खुसीको खबर हो, यसको नियमित सेवनले मोटोपन, मधुमेह र मुटु रोगको खतरालाई न्यून गर्छ ।
एक कप खरबुजाको रसमा (१५२ ग्राम) ४३ क्यालोरी, शुन्य ग्राम फ्याट, २ ग्राम सोडियम, ११ ग्राम कार्बोहाइड्रेट र १ ग्राम फाइबर पाइन्छ । खरबुजामा अन्य फलमा भन्दा बढी मात्रामा लाइकोपेन हुन्छ ।
खरबुजाका फाइदा यस प्रकार छन्ः
दम रोग नियन्त्रणः भिटामिन सी युक्त पर्याप्त पोषण तत्व नभएमा तपाईलाई श्वासप्रश्वासको समस्या निम्तने खतरा हुन्छ । नियमित खरबुजा खाँदा यो समस्या घट्छ ।
क्यान्सर : खरबुजा एन्टिअक्सिडेन्टको महत्वपूर्ण स्रोत हो । क्यान्सर बनाउन मुख्य कारक मानिने स्वतन्त्र रेडिकल बन्नबाट जोगाउँछ । लाइकोपेन खाँदा प्रोस्टेट क्यान्सरको खतरालाई न्युन गर्ने विभिन्न अध्ययनले देखाएको छ ।
रक्तचाप : अमेरिकाको जर्नल अफ हाइपरटेन्सनका अनुसार खरबुजा वयस्क मानिसको रक्तचाप नियन्त्रण गर्न उपयुक्त मानिन्छ । यसले धमनीको कार्यलाई सुधार गर्छ ।
छाला : खरबुजा सुन्दर छाला बनाउने एउटा महत्वपूर्ण फल हो । कपाललाई चम्किलो बनाउने चिल्लोयुक्त तत्व उत्पादनका लागि भिटामिनयुक्त पोषक तत्वको आवश्यकता पर्छ । छाला र कपाल लगायत शरीरका तन्तुको वृद्धिका लागि पनि भिटामिन एको आवश्यकता पर्छ । भिटामिन ए खरबुजाको मुख्य स्रोत हो ।