कस्तो चिया राम्रो ?

काठमाण्डौ जेठ ५,

दुध चियाले मोटोपन बढाउछ । चियाले मधुमेहका बिरामीमा चिनिको नियन्त्रण बिग्रन सक्छ । दुध चियाको अर्को नराम्रो पक्ष भनेको कोलेस्टेरोल हो । 

दुध चियामा चियापत्तिको बढि प्रयोग हुन्छ । जुन स्वास्थ्यका लागि हानिकारक हुन्छ । चियापत्तिको बढी प्रयोगले शरीरमा क्याफिनको मात्रा बढी भएर मुटुको चालसम्बन्धी समस्या उत्पन्न हुनसक्छ । त्यसैले दिनमा चार कप भन्दा बढी चिया पिउनु हसदैन । चिया पिउनै परे सबैभन्दा राम्रो छनोट ग्रिन टी हुनसक्छ । यसले शरीरको तौल घटाउन पनि मद्धत गर्छ । यसमा एन्टिअक्सिडन्ट पनि पाइने भएकाले शरीरलाई फाइदा गर्छ । 

सिधै चियापत्ति राख्नुभन्दा टी ब्याग राम्रो मानिन्छ । किनकी चिया उमाल्दा चियापत्तिमा पाइने पोषकतत्व नष्ट हुन्छ । दुधले पनि चियापत्तिमा पाइने एन्टिअक्सिडन्टलाई नष्ट गर्छ । कालो चियाले रक्तनलिमा क्लट हुनबाट रोक्छ । र रोग प्रतिरोधात्मक शक्ति पनि बढाउछ । 

चियापत्तिमा भिटामीन सि, डि, के र एमिनो एशिड हुन्छ जसले शरीरलाई फाइदा गर्छ । कालो चियामा चिनि अन्त्यन्तै न्युन राखेर वा राख्दै नराखी पिउदा फाइदा गर्छ । त्यसैले दुध चिया भन्दा कालो चियाले फाइदा गर्छ । 
– डा. ओम मूर्ती अनिलको म पनि डाक्टर पुस्तकबाट

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com