यसकारण खानुपर्छ ओमेगा–३ फ्याटी एसिड

काठमाण्डौ बैशः ३१, 

मेगा–३ फ्याटी एसिडले रगतमा राम्रो कोलेस्टेरोल बढाउँछ । ओमेगा–३ फ्याटी एसिडले खराब कोलेस्टेरोल र ट्राइग्लिसिराइडको परिमाण कम गर्ने भएकाले मुटुसम्बन्धी समस्यालाई कम गर्न मद्दत गर्छ । 

यसबाहेक ओमेगा–३ फ्याटी एसिडले आइथ्राइटिसको समस्यालाई पनि कम गर्छ । ठूलो र मोटो खालको माछामा फ्याटी एसिड बढी हुन्छ भने सानो र मसिनो माछामा कम हुन्छ । नियमित रूपमा माछा खाने मानिसलाई मुटु सम्बन्धी रोगको सम्भावना कम हुन्छ ।

ओमेगा–३ फ्याटी एसिडले मानिसको प्रजनन् क्षमता मजबुत बनाउछ । यसले उच्च रक्तचाप, मधुमेह, मनसिक तनाव, रिस उठ्ने समस्याबाट पनि बचाउँछ । यसले कपाल बाक्लो बनाउन पनि मद्धत गर्छ ।

ओमेगा–३ फ्याटी एसिड समुद्री माछा, माछाको तेल, अस्ट्रिस, वनस्पतीको तेल, मूंगको दाल, सागसब्जी आदीमा पाइन्छ _स्वास्थ्य खबर;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com