उच्च रक्तचाप भएका मानिसले जान्नैपर्ने कुरा

काठमाण्डौ जेठ ४,

१) रक्तचाप नियन्त्रण नभएको मानिसले रक्सी सेवन गरेमा मष्तिस्कघात हुने सम्भावना बढी हुन्छ ।

२) मधुमेह भएका मानिसमा उच्च रक्तचाप भएमा मुटु र मिर्गौला रोग चाँडो देखिन्छ ।

३) उच्च रक्तचाप देखिने बित्तिकै औषधि सुरु गर्नु हुँदैन । तर असर देखिएमा डाक्टरको सल्लाहअनुसार औषधि सुरु गर्नुपर्छ ।

४) औषधि आफूखुसी छाड्नु हुँदैन । बीचमै छाड्दा मष्तिस्कघात र हृदयघात हुने सम्भावना बढी हुन्छ ।

५) मुटुरोग विशेषज्ञको सल्लाह बिना औषधि सेवन गर्नुहुँदैन ।

६) जीवनशैली परिवर्तन पछि रक्तचाप नियन्त्रणमा आएमा विशेषज्ञको निगरानीमा औषधि बन्द गर्न सकिन्छ ।

७) उच्च रक्तचाप भएका महिलाले परिवार नियोजनको अस्थायी साधनमा हर्मोनल विधिको विकल्प खोज्नु पर्छ ।

८) गर्भवति महिलालाई उच्च रक्तचाप देखिएमा विशेषज्ञको सल्लाह लिनुपर्छ ।

९) २० वर्षभन्दा कम उमेरमा देखिने उच्च रक्तचापलाई सेकेन्ड्री हाइपरटेन्सन भनिन्छ । यसमा उच्च रक्तचाप हुने कारण खोजेर उपचार गरिन्छ ।

१०) पोटासियम बढी भएको खानेकुराले रक्तचाप घटाउछ । सुन्तला, कागती, मौसम, केरा र ताजा फलपूmलमा पनि पोटासियम बढी पाइन्छ ।_स्वास्थ्य खबर;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com