महिलाले जान्न आबस्यक यी ५ कुरा...

एजेन्सी जेठ १५,

३५ वर्ष अघि नै गर्भवती: महिलाहरु आफ्नो अन्डासयमा सिमित अन्डा लिएर जन्मिएका हुन्छन् । जब अन्डाहरु सकिन्छन् महिलाको रजस्वला वा मासिक धर्मको चक्र समाप्त हुन्छ । मासिक धर्म रोकिनु १० वर्ष अगाडि नै महिला उर्वरता न्यून र करिब करिब शुन्य भएको पाइएको छ । दक्षिण एशियाका औसत महिलाको ४८ वर्षको उमेरमा मासिक धर्म रोकिन्छ । पश्चिमा मुलुकका अन्य देशहरुको तुलनामा यस क्षेत्रका महिलाको पाँच वर्षअघि नै मासिक धर्म रोकिने गरेको विभिन्न तथ्यांकले देखाएको छ । त्यही भएर पनि नेपाल, भारत लगायतका महिलाहरुले ३५ वर्षअघि सन्तान जन्माउनु उपयुक्त हुन्छ ।

अन्डा चिस्याउने उपयुक्त समय:  करिअरप्रति सचेत हुने महिलाहरुले आफ्नो गर्भधारणालाई केही समय लागि थाती राख्छन् । अर्थात् कतिपय एकल महिलाले आफूले उचित पाटर्नर नपाउँदा बच्चा जन्माउन ढिलाई भइरहेको हुन्छ । त्यही भएर उनीहरुले ३० देखि ३५ वर्षको उमेरको बीचमा आफ्नो उर्वर अन्डालाई चिस्याएर राख्दा उपयुक्त हुन्छ । ३५ वर्ष पछि चिस्याएको अन्डाले उपयुक्त नतिजा नदिन सक्छ । महिलाको जीवनमा सबैभन्दा उपयुक्त उर्वर समय २० देखि ३० वर्ष हो ।

पीसीओएस  जानौं: पीसीओएस एउटा अवस्था हो जसलाई तपार्इंको छालाको रोग, पिरियड, अनुहारको रौं वा मोटोपनसँग सिमित गर्नु हुँदैन । मासिक धर्म रोकिएपछि पनि यस्तो समस्या देखिन सक्छ । मुटुजन्य रोग, मोटोपन र क्यान्सरको खतराबाट बच्न नियमित गइनोक्लोजिष्ट (स्त्रीरोग रोग विशेषज्ञ) कहाँ जानुहोस् र स्वस्थ जीवनशैली अपनाउनुहोस् ।

सुरक्षित सहवास: विवाह अगाडिको सहवास कतिपय समाजमा खुकुलो होला । तर भविष्यमा स्वस्थ जीवन अपनाउन वा यौनजन्य रोगको खतराबाट बच्न पनि यसलाई केही नियन्त्रणको  आवश्यकता हुन्छ । आफूलाई यौनजन्य संक्रमण र असुरक्षित गर्भधारणबाट बचाउनका लागि पनि सचेत हुनुपर्छ ।

डीएनए परीक्षण: तपाई र तपाईको पाटर्नरसँग तपाईको बच्चाको डीएनए म्याच गर्न सजिलो हुन्छ । सहयोगी प्रजनन गरी बच्चा जन्माउँदा तपाईको बच्चा वंशानुगत रुपमा तपाईंको हो, होइन भन्ने पत्ता लगाउन  यो परीक्षण गरिन्छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com