विभिन्न रोगको औषधी निमपत्ता

एजेन्सी बैशाख २७,

हाम्रो वरपर भएका जडिबुटीको प्राकृतिक र चिकित्सकीय महत्व छ । तर आधुनिक औषधीमा निर्भर हुन थालेपछि प्राकृतिक उपचार बारे थारैले मात्र ध्यान दिने गरेका छन् ।

औषधीको रुपमा बारम्बार प्रयोग हुने जडिबुडी मध्येको एक प्रमुख जडिबुडी हो निमको पात । बषौंदेखि निमको पातलाई परम्परागत र आर्युबेदिक औषधीमा प्रयोग गर्ने गरेको पाउछौ । निश्चय नै स्वास्थ्यमा यसको धेरै फाइदा छन् ।

निमको पातका स्वास्थ्यमा हुने फाइदा यस प्रकार छनः

फन्जाईको संक्रमणबाट बचाउछः 
धावकको खुट्टालाई उपचार गर्न देखि आन्द्रा, योनी, फोक्सो र मुखमा संक्रमण भएमा निमको पत्ता औषधीको रुपमा उपयोग हुन्छ । फन्जाई संक्रमणबाट हुने जुनसुकै रोगको उपचारमा प्रयोग हुन्छ ।

व्याक्टेरियल संक्रमणः
निमको पत्ता एन्टिबायोटिकको रुपमा समेत प्रयोग हुन्छ । फुड पोइजनिङ वा दाँतको रोगको कारण आन्द्रामा उत्पन्न संक्रमणलाई निम पत्ताले नियन्त्रण गरिदिन्छ । तर यसको एन्टिबायोटिक गुण सिमित हुने भएकोले व्याक्टेरियाले गर्ने सम्पूर्ण हानीबाट भने बचाउन सक्दैन ।

एन्टिभाइरल गुणाः
ठेउला र दादुर जस्ता भाइरल रोग उपचार गर्न निमको पातलाई बर्षैदेखि प्रयोग गरिएको पाइन्छ । यसमा हुने एन्टि भाइरल तत्वले कोषलाई संक्रमित गर्ने भाइरसलाई नियन्त्रण गरिदिन्छ ।

दाँतको स्वास्थ्यमा सुधारः 
अझै पनि नेपाल, भारत र अन्य अफ्रिकी मुलुकमा निमको सानो हाँगालाई टुथब्रसको रुपमा प्रयोग गर्ने गरेको पाइन्छ । यो दाँतको पिरियोडोन्टल डिजिज (दाँतको गम र हड्डीमा लाग्ने रोग) उपचारमा प्रयोग हुन्छ । यही गुणका कारण बजारमा पाईने विभिन्न टुथपेस्टमा निमको पात मिसाईएको हुन्छ ।

चिन्ताको उपचारः 
निम पत्ताले चिन्ता रोगको उपचार गर्छ भन्दा अनौठो लाग्ला । तर वास्तविकता यो हो की निमपत्तामा चिन्ता न्यून गर्ने एउटा यस्तो तत्व हुन्छ जसलाई मानिसक रोगको औषधीमा समेत प्रयोग गरिएको हुन्छ ।

एचआईको उपचारः एचाआईभीको उपचारमा एन्टिभाइल औषधीको प्रयोग भइरहेकै बेला निमको पात पनि उपचारमा प्रयोग हुने विज्ञहरुले बताएका छन् । निमपत्ताले एचाईभी संक्रमितको रोग प्रतिराधात्मक क्षमता बृद्धि गर्छ ।

छालाको स्वास्थ्यमा सुधारः अध्ययन अनुसार गालाको डन्डीफोर, पिम्पल, अनुहारको चायाँ लगायत छालसम्बन्धि अन्य समस्या समाधान गर्न निमपत्ता औषधीको रुपमा प्रयोग हुने गरेको छ

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com