तिब्बतमा गयो शक्तिशाली भूकम्प, काठमाण्डौसम्म गरियो महशुस....

काठमाडौं, ९ जेठ ,

उत्तरी छिमेकी चीनको तिब्बत प्रान्तलाई केन्द्र बनाएर आइतबार बिहान गएको भूकम्पको धक्का काठमाडौंमा पनि महशुस गरिएको छ ।

आइतबार बिहान सात बजेर ३३ मिनेट हुँदा गएको भूकम्पको धक्का काठमाडौंमा पनि महशुस गरिएको हो ।

भूकम्प ५.६ रेक्टर स्केलको मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको क्षतिको कुनै विवरण आएको छैन् ।

आजै बिहान तिब्बतलाई नै केन्द्र बनाएर ५.२ रेक्टर स्केलको भूकम्प गएको छ । भूकम्प बिहान सात बजेर १७ मिनेट जाँदा गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । रासस

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com