नयाँदिल्ली, २० वैशाख ,
‘लेडी अफ द हार्ले’को नामले चिनिदै आएकी भारतको जयपुर सहरकी बाइक चालक वीनू पालीवालको सडक दुर्घटनामा मृत्यु भएको छ ।'
मध्यप्रदेशको विदिशा नजिकको ग्यारसपुरमा भएको सडक दुर्घटनामा वीनू पालीवालको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
वीनू पालीवाल लेडी अफ द हार्ले सन् २०१६ मा बिजेता बनेकी थिइन् । वीनूले १ सय ८० किलोमिटर प्रतिघन्टाका दरले हार्ले डेविडसन बाइक सजिलै चलाउने गरेकी थिइन् । वीनूले ‘ये हैं इन्डिया’ नामक फिल्म पनि बनाउँदै थिइन् ।
३० वर्षीया वीनू २४ मार्चका दिन बाइकमार्फत भारत भ्रमणमा निस्किएकी थिइन् । वीनूसँगै उनका साथी दीपेश तवंरपनि भ्रमणमा निस्किएका थिए । दुबैजना हार्ले डेविडसन बाइकबाट यात्रा गर्दै आएका थिए ।
करीब ७ बजे दुबैजना लखनउबाट हिँडेका थिए । साँझ करीब ६ बजे मध्यप्रदेशको विदिशास्थित ग्यासपुर गांव नजिकैको एक मोडमा वीनूको बाइक चिप्लिएर लडेको थियो ।
वीनूलाई तुरन्तै जिल्ला अस्पताल लगिएको थियो । तर, चिकित्सकहरूले तत्काल उनलाई मृत घोषणा गरेको कोतवाली पुलिस थानाका प्रभारी निरीक्षक राजेश तिवारीले जानकारी दिएका छन् । – एजेन्सी