शान्ता चौधरीले पाइन नयाँ नियुक्ति

दाङ, २ जेठ,

निशानदाजु भट्टराई :  पूर्व सभाषद तथा नेकपा (एमाले)की नेतृ शान्ता चौधरी नेपाल सरकारको राष्ट्रिय विकास परीषद्को सदस्यमा नियुक्त हुनु भएको छ ।

हालै सरकारले चौधरीलाई परीषद्को सदस्यमा नियुक्त गरेको हो । कम्लहरी हुदै सभाषद बनेर आफ्नो छुट्टै पहिचान बनाउन सफल चौधरीले सामाजिक सञ्जाल फेसवुकमा स्ट्याटस पोष्ट गर्दै सरकारले परीषद्को सदस्य पदमा आफूलाई विश्वास गरेर नियुक्त गरेकोमा धन्यवाद ब्यक्त गर्नु भएको छ ।

उहाले परीषद्ले आगामि चौधौ आवधिक योजना खाका बनाएर पारित गर्ने बताउनु भयो । आवधिक योजनाका लागि परीषद्ले छलफललाई तीव्रता दिएको छ ।

नवनियुक्त सदस्य चौधरीले योजनाको खाका तयार गर्नका लागि विभिन्न सरोकारवाला पक्षसंग छलफल जारी रहेको र छलफलवाट प्राप्त सुझाव, सल्लाहका आधारमा बनाइने योजनाको खाका परीषद्को बैठकवाट पास हुने जानकारी दिनु भयो ।

परीषद्को आज र भोलि बस्ने बैठकले आवश्यक छलफल गरेर आवधिक योजनाको खाका पारीत गर्ने उहाको भनाई छ। चौधरीले सामाजिक सञ्जाल सवुकमा स्ट्याटस पोष्ट गर्दै भन्नु भयो–‘नेपाल सरकारले राष्ट्रिय विकास परिषद्को सदस्यमा नियुक्त गरेकोमा सरकार प्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु। यो परिषद्ले आगामी आवधिक योजना चौधौ योजनाको खाका पारित गर्नेछ। आज र भोली यसको बैठक भैसकेपछि शायद मेरो भूमिका पनि सकिनेछ।’_दैनिक्नेपल;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com