मोबाइल फोनले निम्त्याउंछ क्यान्सर

एजेन्सी जेठ १७,

मोबाईल फोनले क्यान्सर निम्तन्छ कि निम्तदैँन भन्नेबारेमा विभिन्न समयमा विभिन्न अध्ययन भएका छन् । यस विषयमा वैज्ञानिकहरु माझ विरोधाभासपूर्ण धारणा पनि सार्वजनिक भइरहेका छन् । केही वैज्ञानिकले मोबाइलले क्यान्सर निम्त्याउने जिकिर गर्दै आएका छन् भने केहीले क्यान्सरसँग मोबाईलको कुनै सरोकार नभएको बताउँछन् ।

तर, यसै साता अमेरिकामा गरिएको एक परीक्षणमा  मोबाईल फोन र क्यान्सरबीच सम्बन्ध रहने देखाइएको छ । मुसामा गरिएको यस परीक्षणमा मोबाईलले निस्काशन गर्ने रेडियो तरंगले दिमाग र मुटुमा ट्युमर उत्पन्न गर्ने पाइएको थियो ।

मोबाईल लगायतका उपकरणबाट आउने विकिरणलाई मुसामा देखाउँदा ट्युमर देखिएको थियो । अध्ययन समूहका सदस्य तथा वैज्ञानिक रोन मेलनिकले वालस्ट्रीट जर्नललाई दिएको एक अन्र्तवार्तामा भनेका छन्, ‘मोबाईल फोनले क्यान्सर निम्त्याउने देखिएको छ ।’

अमेरिकामा विषादीसम्बन्धी अध्ययन गर्ने नेसनल टोक्सिकोलोजीले यस विषयमा गहन अध्ययन गर्ने भएको छ । ‘यस विषयमा धेरै अध्ययन भएका छन् । अब हामी छिट्टै नयाँ निष्कर्षमा पुग्नेछौ,’प्रोग्रामका विज्ञ केभिन म्याक कनले भने ।

मोबाईल फोनले रेडियो तरंगका रुपमा विकिरण उर्जा फाल्छ । फोनको नजिक रहेको  तन्तुले यस उर्जालाई सोस्छ । तर बेलायती वैज्ञानिकहरुले मानिसमा गरिएका गहन अध्ययनले मोबाईल फोनले स्वास्थ्यमा खतरा ल्याउने विषयमा कुनै प्रमाण नभेटिएको भन्दै नयाँ अध्ययनले खासै चासो नबढाउने दाबी गरेका छन् । सन् २०११ मा इन्टरनेसनल  एजेन्सी फर रिसर्च अन क्यान्सरका वैज्ञानिकहरुले पनि मोबाइलले मानिसमा क्यान्सर हुन सक्ने  पत्ता लगाएका थिए ।
–डेलिमेलको सहयोगमा

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com