डायबिटिज नियन्त्रण गर्ने ५ खानेकुरा

 एजेन्सी जेठ ३,

कतिपय खानेकुराले पनि डायबिटिजको नियन्त्रण गर्न मद्धत गर्छन् । स्वस्थ व्यक्तिले यस्ता यस्ता खानेकुरा खाँदा डायबिटिजको सम्भावना कम हुनसक्छ । डायबिटिजलाई नियन्त्रण गर्ने औषधीको रुपमा उपयोग हुने केही खानेकुरा

करेला : करेलामा एन्टि डायबिटिक गुण भएका तीन ओटा सक्रीय चिज हुुन्छ । यसमा पाइने चारन्टिनले ग्लुकोज घटाउने गुण हुन्छ । त्यस्तै यसमा भिसाईन र इन्सुलिन जस्तो कम्पाउन्ड पोलिपेप्टाइड पी हुन्छ । शरिरको ब्लड सुगर हटाउन यी तत्वले एक्लै वा सँगसँगै काम गर्छन् ।

दालचिनी : शरिरको ब्लड सुगर घटाउन दालचिनिमा हुने गुण प्रभावकारी हुन्छ । यसले शरिरकको कोषलाई इन्सुलिनप्रति बढी संवेदनशिल बनाउछ । तसर्थ कोषले सुगरलाई सजिलै उर्जामा परिवर्तन गरिदिन्छ र रगतमा सुगरको तहलाई नियन्त्रण गरिदिन्छ ।

जौको ढिडो : जौको ढिडोमा फाइबरको उच्च मात्र हुन्छ । त्यस्तै यसमा भिटामिन बी, इ र एन्टि अक्सिडियन्ट पाइन्छ । फाइबरको अत्यधिक मात्राले शरिरले ग्लुकोज लिन सक्दैन ।

सोडापानी : शरिरमा जम्मा भएका बिकारलाई फाली खनिजलाई सन्तुलनमा ल्याउन सोडा पानीमा कागती मिसाएको जुसले सहयोग गर्छ । चिनि हालेको यो पानी नियमित खाँदा डायबिटिज नियन्त्रण हुन्छ ।

स्याउको भिनेगर : बढी कार्बोहाइडेड खानेकुरा लिएको समयमा भिनेगर लिदा ‘इन्सुलिन सेन्सिटिभिटी’ लाई सुधार गर्छ, । परिणामस्वरुप ब्लड ग्लुकोज घट्छ । दैनिक सुत्नुभन्दा अगाडि दुई चम्चा स्याउको भिनेगर खादा फास्टिङ ब्लड सुगर घट्छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com