हरियो धनिया खानुको फाइदा

काठमाण्डौ बैशाख २५,

 –    हरियो धनियाँ सुगन्धयुक्त हुने भएकाले यसले खानाको स्वाद बढाउँछ । अरुचिको समस्या भएकाहरूले चटनी अथवा तरकारीमा हरियो धनिया मिसाएर खाँदा राम्रो हुन्छ ।

–    आँखासम्बन्धी सबै किसिमका समस्या भएकाहरूका लागि हरियो धनियाँ खानु लाभदायक हुन्छ ।
–    हरियो धनियाँले शारीरिक कमजोरी हटाउन मद्दत गर्छ ।

–    हरियो धनियालाई भोजनमा सामेल गराउँदा पेटसम्बन्धी समस्या कम हुँदै जान्छन् । पेटमा रहेका कीटाणुलाई पनि हरियो धनियाले मार्ने गर्छ ।

–    धनियाँ खाँदा शरीरमा सञ्चय भएका अक्सिडेन्टलगायत विकार शरीर बाहिर निस्किन्छ ।

–    धनियाले रगतलाई शुद्धीकरण गर्छ । 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com