राष्ट्रपति भण्डारी लुम्बिनीमा

नवलपरासी जेठ ७,

राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार लुम्बिनी आइपुगेकी छन् । हेलिकप्टरबाट लुम्बिनी आएकी राष्ट्रपति भण्डारीले लुम्बिनीमा केहीबेर पूजाअर्चना गर्ने कार्यक्रम छ । 

पूजाअर्चनापछि दिउँसो कपिलवस्तुको तिलौराकोट र नवलपरासीको रामग्राम स्तुपक्षेत्रको अवलोकनका लागि सो क्षेत्रमा आउने कार्यक्रम छ । 

२५६० औँ बुद्ध जयन्तीको पूर्व सन्ध्यामा राष्ट्रपति भण्डारी बुद्धजन्मस्थल लुम्बिनीसहित बुद्धसँग सम्बन्धित स्थल कपिलवस्तुको तिलौराकोट र नवलपरासीको रामग्राम स्तुप क्षेत्रको अवलोकन गर्न शुक्रबार यसतर्फ आएकी हुन् । 

राष्ट्रपति भण्डारी नेपाली सेनाको बुटवलस्थित २२ नम्बर बाहिनीमा बस्ने कार्यक्रम रहेको बज्रदल गण नवलपरासीका सेनानी पूर्णप्रसाद ढकालले जानकारी दिए । 

राष्ट्रपति भण्डारीले शनिबार लुम्बिनीमा आयोजित २५६० औँ बुद्धजयन्ती मूल समारोहलाई उद्घाटन गर्नेछिन् । रासस

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com