" मजदुर महान हुन्छन"

मे एक को दिन मजदुर वर्गको एकता र हक,हित,रक्षाकोलागि संसारभर मजदुर दिवस मनाइन्छ किन कि मजदुर परिश्रमको पर्यावाची  हुनुका साथै  देश विकाशको मेरुदण्ड पनि उनीहरु नै हुन |  मजदुरले आफ्नो र परिवारको पेट पाल्न अथा  मेहनत  गर्दै झरी, जाडो, हुरी,वतास, घाम,गर्मि केहि नभनी मोती सरि पौरखले पसिना बगाउँछन र उसैको तेजस्पी पसिना र जोखिम युक्त श्रमले गर्दा देशमा ,बाटो,पुल, नहर,विधुत,तथा कल कारखाना परियोजना जस्ता ठुल्ठुला पूर्वाधारहरु निर्माण हुने गर्दछन |
चित्रकार कृष्णपक्षको चित्र
मजदुरको गरिमा र महत्व उच्च भएपनि जीवनका विविध पाटामा उनीहरुको हैसियत  कमजोर देखिन्छ | प्राय: मजदुरहरु आर्थिक रुपमा निक्कै कमजोर हुन्छन | दुइछाक मिठो खुवाउन , बच्चाहरुलाई उचित शिक्षा दिन र राम्रो लाउन दिन परिवारलाई नसक्ने मजदुर कठोर श्रम गर्न  विविश आम मजदुर पूंजीपतिको श्रम शोसणको सिकार  बन्दछन | अनि धेरै काम लगाएर थोरै पैसा दिने परिवेश छ पूंजीपतिहरुको |

हुन् त युरोपमा मजदुर आन्दोलन सम्पन्न भएर उनीहरुले आठ घण्टा काम,आठ घण्टा आराम,र आठ घण्टा मनोरंजनको दिव्य सुत्र प्रतिपादन भएपनि आम मजदुर यस सुत्रबाट अहिलेपनि बन्चित रहन विवश छ्न  हामीले आफ्नै देशका युवकहरुलाई हेरौ अरब कन्ट्रीमा १८ घण्टासम्म मेसिन झैँ भएर काम गर्न बिबश छन् |

साहु र पूंजीपतिले मजदुरको पसिनाको खुनको होलीमा आफु अझै बलियो र धनिहुने आसयले उनीहरुलाई मोहरा बनेरहेको अबस्था छ भने कतिपयलेत् मजदुरलाई आफ्नो दासजस्तो व्यबहार गरिरहेको परिवेशपनि छ | खाडी मुलुक गएका युवा,युवती श्रमिकहरु आज त्यसैको सिकार भएका छन |

थकित र लाख्त्राम ,भोका, मजदुरहरुपनि आफुले कमाएको धन संचित गर्न  नसक्दा उनीहरुको आर्थिक हैसियत  नाजुक बन्ने गरेको छ | अचल सम्पतिको अभाव  उच्च जन्मदर्द र कमाएको पैसापनि जाडर रक्सि आदिमा खर्च गर्ने प्रचलन धेरै मजदुरहरुमा हुने भएकोले आर्थिक संरक्षण डमाडोल हुन्छ |  मजदुरको हित र सम्मानमा राज्यको पक्षले ध्यान दिनु पर्छ| समाजमा सम्मान पाउनु, श्रम शोषणबाट मुक्त हुनु र श्रमको उचित मूल्य प्राप्त  गर्नु हरेक मजदुरको अधिकार हो अनिमात्र मजदुर दिवसको सार्थकता रहन्छ |

 मज़दूर दिवस पूँजीको विरूद्ध श्रमको राजनीति हो भन्छु म त किन भने  शिकागोको हे मार्केटको चौबाटोमा मई १ देखि ४ सम्म १८८६का ४ दिनहरूमा घटित घटनाहरू पछि खास गरेर १८९० देखि दुनियाँ भरीका मेहनतकश जनता द्वारा प्रत्येक बर्ष मनाउने मई दिवसको आधार बनेको छ । १ मई १८८६ आठघण्टाको कामको माग गरि रहेका अमेरिकी मजदूरहरूको संघर्षको ऐतिहासिक दिन थियो ।

शिकागो शहरको हे मार्केटमा उनीहरूको प्रत्येक दिन सभापर्व हुन्थे । यस्तै एउटा सभामा ३ मईकादिन पुलिसले जानकारी बिना अभूतपूर्व  दमन गर्यो । यस्मा ४ जना मजदूरहरू मारिए । यस घटनालाई आधार बनाएर रचिएको झूठा मुद्दालाई पनि अदालतमा सावित गर्न सकिएन । यसो हुदाहुदै पनि चार जना जुझारू मज़दूर नेताहरू अलर्ट पार्सेस ,अगस्त स्पाइस , अडोल्फ़ फ़ियर तथा जार्ज एगेललाई ११ नवबंरका दिन फाँसी र ३ नेताहरूलाई आजीवन कारावासको सजाय सुनाइयो । ६ बर्ष पछि आजीवन कारावास पाएका तीनै जनालाई रहा गरियो । यस रिहाई आदेशलाई जारी गर्दै मेयरले कबुल गरे कि सजाय नै गलत थियो । जुन जुरीले फैसला सुनाये उसले पूर्वाग्रहको आधारबाट यस्तो गरेको थियो ।आफ्नो अन्तिम निष्कर्षमा यो दिन पूँजीको विरूद्ध श्रमको राजनीति हो नकि त्यस भन्दा ज्यादा न त्यो भन्दा कम ।

जसरी शिकागो प्रसंग आधुनिक इतिहासमा पूँजीको मज़दूर बर्गमा सुसंगठित राजनीतिक हमला हो तेसै गरी मई दिवस दुनियाँ भरीका मेहनतकशहरूको पत्युत्तर हो ।


निशा अर्याल
इजरायल

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com