बच्चा जन्माउन अस्पताल पुगेकी महिला फर्कंदा दुवै खुट्टा गुमाएपछी...

एजेन्सी जेठ १७,

बच्चा जन्माउन बेहोस बनाई शल्यक्रिया गरेकी महिला होसमा आउदा खुट्टा गुमाएको  समाचार सुन्दा कस्तो  पीडा हुन्छ होला ? निश्चय नै यसको अनुमान गर्न पनि गाहो हुन्छ । 

बेलायतकी इला क्र्लाक पाँच दिनपछि होसमा आउदा आफ्ना खुट्टा काटिएको थाहा पाइन्, जुन घटना उनलाई विश्वास गर्न नै गाहो भएको छ । अस्पताल जाँदा सद्दे इला बाहिर निस्कदा अपांग बनेकी छिन् । उनको यस अवस्थाले उनका  पाटर्नर इयान रोस समेत भविष्य सम्झेर दुःखित बनेका छन् ।

‘अस्पताल गएर सन्तान जन्माउनु मेरो जीवनको सबैभन्दा ठूलो क्षण हुनुपर्ने हो,’ उनले भनिन् । ‘तर अस्पतालबाट फर्किदा क्षतविक्षत भएकी छु । ’

अस्पताल आउनु अगाडि उनी एक सक्रीय गृहणी हुन जो आफ्नो अधिकांश जीवन वगैचामा बिताउथिन । तर अहिले ठीक त्यसको विपरित अवस्था छ । ‘अब मैले बालबालिकालाई स्याहार गर्न पाउने छैन । न त उनीहरुका नजिकै उभिन सक्छु । मलाई जस्तो नियति कसैलाई पनि नपरोस ।’

इला आफूलाई अपांग बनाउने अस्पताल र चिकित्सकलाई मुद्दा हाल्ने तयारीमा छन् ।
प्लासेन्टा प्रिभिया

त्यसको त उनको यस अगाडि पटक पटक गरी ६ ओटा सी सेक्सन गरिएका थिए । सोही कारण उनी सचेत थिइन । सन् २०१५ को डिसेम्बरमा उनी गर्भवती भइन । तर दुर्भाग्यवश उनलाई थाम्नै नसकिने ब्लिडिङ भयो । प्लेसेन्टा प्रिभिया जस्तो खतरनाक स्वास्थ्य जटिलताका कारण उनको शरिरबाट ६ लिटर रगत वगेर गयो । उनको अवस्था गम्भीर भएपछि आईसीयुमा उपचार गरियो । उनी कोमामा पुगिसकेकी थिइन् ।

गर्भवती अवस्थामा इलालाई चिकित्सकहरुले निरन्तर परीक्षण गरेका थिए । उनमा प्लासेन्टा प्रिभिया भएकोले सी सेक्सन मार्फत बच्चा जन्माउनुपर्ने चिकित्कसले सुझाएका थिए । अकस्मात ३६ सातापछि उनमा ब्लिडिङ सुरु भयो । चिकित्सले बेबीको अवस्था राम्रो भए पनि सी सेक्सन गर्नै पर्ने बताए ।

उनको खुट्टामा रगत जमिसकेकोले बिस्तारै रक्त प्रबाह नै रोकिएको थियो । चिकित्सकले दुबै खुट्टामा रक्त प्रबाह फर्काउन ठूलै मिहिनेत गरे । तर ढीलो भइसकेको थियो । शरिरको तन्तुबाट एक प्रकारको विष प्रबाह भइरहेको थियो । यदि चिकित्सकले समयमा नै एक्सन नलिएको भए सो विष शरिर भर फैलने र केही बेरमै मृत्यु  हुन सक्ने चिकित्सकले बताएका छन् । चिकित्सकले उनका दुबै खुट्टा काटिदिए । उनलाई बचाउन दुबैे खुट्टा काटिदिएको चिकित्सकले बताएका छन् ।

‘८ घन्टाको शल्यक्रियापछि म व्युतदा सी सेक्सनबाट व्युतिएको अनुमान गरे  । तर, दुर्भाग्यवश मेरा दुबै खुट्टा काटिएको खबर सुन्दा छागाँबाट झरे जस्तै भए’, गालाबाट तप तप आशु चुहाउदै उनी भन्छिन् ।
 – डेलिमेलबाट;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com