काठमाण्डौ बैशाख २९,
कालो चियाले तौल घटाउन मद्धत गर्छ भन्ने कुरा त सबैलाई थाहा भएकै कुरा हो । तर, यो मुटुको स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ । एक अध्ययनअनुसार कालो चियाले मुटुलाई तन्दुरुस्त राख्न मद्धत गर्छ ।
कालो चियामा प्रचुर रुपमा पाइने फ्लेवनाइड, क्वार्सटीनले धमनीलाई अक्सिकरणबाट हुने नोक्सानीबाट बचाउँछ । साथै यो हृदयवाहिकासंग सम्बन्धित रोग लाग्नबाट पनि बचाउँछ । फ्लेवनाइडले एन्टिअक्सिडेन्टको काम गर्छ, भिटामिन सीको असर बढाउँछ । यसका साथै कालो चियामा पाइने पोलिफेनाइ एन्टिअक्सिडेन्टले सुर्तिजन्य पदार्थ र अन्य हानिकारक रसायनबाट हुने डिएनए क्षतिलाई समेत रोक्छ ।
केही अध्ययनहरुले चियामा पाइने पोलिफेनाइल र क्याटेचिन्स तत्वले क्यान्सरसमेत रोकथाम गर्न सघाउने उल्लेख गरेका छन् । नियमित कालो चिया सेवन गर्ने महिलालाई पाठेघरको क्यान्सर हुने खतरा कम हुने पनि बताइएको छ ।
यस्तै, नियमित चिया सेवन गर्नेमा हड्डी मजबुत हुने र आर्थराइटिस विकास हुने खतरा कम हुने अध्ययनहरुले देखाएका छन् । यसको मुख्य कारण चियामा पाइने फोटोकेमिकल्स हो । यसैगरी भुमध्य सागरका टापुमा बसोबास गर्ने वृद्ध नागरिकमा गरिएको अध्ययनमा कालो चिया नियमित सेवन गर्नेहरुमा टाइप टु मधुमेह हुने खतरा ७० प्रतिशतले कम भएको पाइएको थियो ।
यसका साथै कालो चियाको नियमित सेवनले तनाव दुर गर्नुका साथै रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने, पाचन प्रणाली तन्दुरुस्त पार्ने र शक्ति वृद्धि गर्ने क्षमता पनि भएको अध्ययनहरुले पुष्टि गरेका छन् ।_स्वास्थ्य खबर;