दुध कुना समयमा खानु उपयुक्त हुन्छ ?

काठमाण्डौ जेठ ५,

आयुर्बेदमा दूधको विशेष महत्व हुन्छ । सामान्यतया यसमा पाइने पोषण तत्व अन्य खानेकुराबाट पूर्ती गर्न सकिदैन । दुधले पाचन प्रणालीमा सहयोग गर्छ, पोषण प्राप्त गर्छ र शरिरका दोषलाई सन्तुलन गर्न सहयोग गर्छ ।
आयुर्वेद अनुसार मानव शरिर तीनटा दोष कफ, पित्त र भत्तबाट बनेको हुन्छ । यो दोषले शरिरलाई असन्तुलन बनाउनुका साथै शरिर कमजोर बनाउछ ।

दूध पिउदा शरिरमा ऊर्जा प्राप्त हुन्छ । खाएको खानेकुरा खाँदा पचेमा त्यसले फाइदा गर्छ । तसर्थ दुध हाम्रो भोजनको महत्वपूर्ण अंश हो । विशेष गरी शाकाहारीका लागि नभई नहुने पोषण हो ।

चिसो दुधले पेटमा गडबडी गर्ने भएकोले सकभर मनतातो खानुपर्छ । दुधमा बेसार, अदुवा वा अलैची मिसाएर पिउँदा उपयुक्त हुन्छ । यी चिज मिसाएर खाँदा पाचन प्रणालीलाई सशक्त बनाउँछ ।

आयुर्वेद अनुसार दुध खाने उपर्युक्त समय राती हो । रातमा दूध खाँदा शरिरलाई शान्त पार्ने र गहिरो निन्द्रा लाग्छ ।
दूधलाई विभिन्न समयमा खाँदा त्यसको पनि भिन्न असर हुन्छ ।

बिहान कहिल्यै नखानुहोस्
स्वास्थ्यका दृष्टिले विहानमा दुध खानु उपयुक्त हुँदैन । बिहान दूध खानु शरिरका लागि रोग निम्त्याउनु हो ।

साझमा बृद्धबद्धालाई उपयुक्त
साँझमा दुध खादा बृद्धबद्धाका लागि कल्याण हुन्छ । साँझमा दूध खाँदा किड्नीमा स्टोन भएको समास्यालाई निको पार्छ ।

रातमा सबैले खानु उत्तम
रातीमा दुध खानु बालक देखि बृद्ध सबैलाई फाइदा हुन्छ । राती दुध खाँदा तनाब र थकान हटाउँछ र मस्त निन्द्रा लाग्छ । दुधमा प्रर्याप्त क्याल्सियम हुन्छ । रातमा शारीरिक गतिविधि न्यून हुने भएकोले क्याल्सियम सजिलै शरिरमा शोषिन्छ ।

दुध खाँदा निम्न कुरामा ध्यान दिनुहोस्
दुधमा शरिरलाई आवश्यक पोषण तत्व हुन्छ, त्यसलै यसको फाइदा अत्यधिक हुन्छ । तर, कतिपय मानिसको शरिरले दूधमा हुने ल्याक्टोज सहँदैन । यस्तो अवस्थामा उनीहरुले दुध पिउनु हुँदैन  ।

तातो दूधले शरिरलाई आनन्द प्रदान गर्छ । यसले कब्जियतको समस्या समाधान गर्छ ।तर चिसो दुध खाँदा वा दुधमा कागती वा केरा मिसाउदा पाचन प्रणालीमा गडबढ गर्छ । दूध केरा खाँदा खोकी र एलर्जी हुन्छ ।
दुधलाई कहिल्यै पनि नुन मिसाएर खानु हुदैन । किनकी दुबैमा विपरित गुण हुन्छ ।

प्राय खानापछि तातो दुध खानुपर्छ । खाना खाँदा पनि दुध खानु हुदैन । खाना खाँदा दुध खाएमा पाचन प्रणालीमा गडबढ हुन्छ ।
पेटमा जुका लाग्दा, पखला लाग्दा, ज्वरो आउँदा कहिल्यै पनि दुध खुवाउनु हुदैन ।

बोल्डस्काईडटकमबाट

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com