निःशुल्क महिला स्वास्थ्य शिविर

काठमाडौँ जेठ १०,

मेडिप्लस हेल्थ केयर सेन्टरको पाँचौँ वार्षिकोत्सवको अवसरमा आइतबार वनस्थलीमा महिला स्वास्थ्य शिविरको आयोजना गरियो ।

उत्साही महिलाको सामाजिक आर्थिक कल्याण केन्द्रको सहकार्यमा आयोजित उक्त शिविरमा महिलाको पाठेघरको मुखको क्यान्सरसम्बन्धी विशेषज्ञद्वारा निःशुल्क परीक्षण गरिएको थियो ।

शिविरमा ३५० जनाले परीक्षण गराएका र तीमध्ये ३५ जनामा पाठेघरको मुखको क्यान्सरको सुरुवात (प्रथम चरण) देखिएको संस्थाका प्रबन्ध निर्देशक लक्ष्मण फुँयालले जानकारी दिए । रासस ;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com