सन्दर्भः मातातीर्थ औँसी

आमाको मुख हैन् खुटटाको पैतला हेर किनकी तिमीले त्यहां आमाको पीडा मेटाउने छौं । तिमीले आमाको मुख होइन् हातका खिइ सकेका नङ्ख हेर त्यहां तिमीलाई हुर्काउन गरेका दुख र कष्ठहरु देखने छौं । किनकी आमाका ति पिडाहरु तिमलिे आमाको अनुहारमा कहिल्यै देखे छैनौ आमा त ति पिडाहरु लुकाएर तिम्रो अगाडि झुटो मुस्कान छरिरहेका हुनछन् ।जन्म भुमि स्वर्गादापि गरियसी उक्त शब्द मातृ महिमा बोकेका शबदहरु हुन् ।

वैशाख कृण्ण पक्षको औसी यिनै महिमा बोकेकी आमाको मुख हेर्न दिन अर्थात मातातीर्थ औसी शास्त्रहरुमा आमालाई पिता भन्दा पनि उच्च स्थानमा राखिएको पाइन्छ । यसरी श्रद्धा,भक्ति, सम्मान र आदर गरिएकी आमालाई मिठा मिठा परिकार खुवाई छोराछोरीहरुले आफना आमाबुवा बाट आर्शिवाद ग्रहण गर्ने चलन रहेको पाइन्छ ।

मातातीर्थ औसीमा जन्म दिने आमाप्रति आदर व्यक्त गर्न पौराणिक कालदेखि नै मनाउदै आइराखेको पर्व हो । यस दिन आमाले गरेका महान र कष्ठपुर्ण कामहरको सम्झना पनि गर्ने गरिन्छ । भने आमा नभएकाहरुले पनि आमाको मुक्तिको कामना गदै श्राद्धभाव प्रकट गरी मातातीर्थ औसी मनाएको पाइन्छ ।

वास्तम्मा मातातीर्थ औसी को सुरुवातको सन्दर्भलाई बुझने हो भने एक दिन मैदानमा एउटा गोठालाले फयांकेको रोटी को टुक्रा अचानक हराउन पुग्छ । त्यो घटनाले गोठालाहरु अचम्म पर्दछन् अनि गोठालाहरु पुन अरु रोटीका टुक्राहरु फयाक्छन् अनि ति रोटकिा टुक्राहरु हराउदै जान्छ ।

ती गोठालाहरु मध्य एउटाको आमा थिइन् भने अरुको आमा थिएनन् । आमा हुने गोटालाले फालेको रोटीको टुक्रा हराएनन् भने आमा नहुनेहरु ले फालेका टुक्रा हराउन थाले । उक्त दिन वैशाख कृण्ण पक्ष औसी थियो । यो कुरा अरु गाऊहरुले थाहा पाए पछि उक्त दिन मुत्यु भइसकेका आमाले छोराछोरीले दिएका चिजहरु खांदारहेछन् भन्ने विश्वास रहेको छ ।

यसरी मातातीर्थ औसी मनाउने प्रचलन हाम्रो समजमा चलेको हो भन्ने विश्वास छ । यस दिन विशेष गरेर टाढा टाढाबाट आफनो छोराछोरी ले आमालाई भेट्न मिठा मिठा मिठान्नका परिकार, वस्त्र , फलफुल लिएर आमाप्रति श्रद्धाभाव प्रकट गर्ने ,गर्दछन् भने मातृत्वको स्मण पनि गर्ने गर्दछन् भने आमा नहुनेहरुले भने आफनो आमाको महान कामको सम्झना गरी नदी, तलाउ, तथिृस्थल पुगेर श्रद्धातर्वण गरेको पाइन्छ ।

विशेष कारण वस आमालाई भेट्न नसक्नेहरु भने संचारका साधनहरु मार्फत श्रद्धाभाव प्रकट गर्दछन् । आखिर मातातीर्थ औसी नेपालमा विभिन्न ठाउंहरमा आ आफना मान्यता र हर्ष उल्लासका साथ मनाएता पनि कैयौ वृद्ध आमाहरु वृद्ध आश्रमको शरण लिन विवश भएको तीतो यथार्थता हाम्रो समाजमा छ ।

कैयौ आमाहरु यतिवेला वृद्धाआश्रम को शरण लिा बाध्य हुनु परेको छ । यस्तो अवस्थामा मातातीर्थ औसी मनाउनुको कुनै अर्थ र सार्थकता पनि हुदैन् । केही दिन अगाडि म बुटवल स्थित श्री सिद्धबाबा दुर्गा भवानी शिव कुमारी सैजु वृद्धाआश्रम पुग्ने सुनौलो अवसर जुट्यो । त्यहां लगभग दश जना जति वृद्धवृद्धाहरु रहेका थिए ।
त्यसै दिन वृद्धआश्रम मा राख्नका लागी पाल्पा बाट एउटा वृद्ध बुवा लाई ल्याइउको थियो त्यस दिन वृद्धाआश्रम मा सामाजिक क्षेत्रमा योगदान गरेका महान व्यत्तिव्वहरु लाई सममान कार्यक्रम थियो म पनि कार्यक्रमको तयारीमा थिए ।

कार्यक्रम सके पछि ति वृद्ध वुवा लाई मैले सोधे वुवा तपाईका छोरा चोरी हुनुन्न भने तर त्यो वुवाको मुख काप्दै छन् भन्नुभयो र उहौको आंखामा टलपल टलपल आसु देखे मै सायद उहाका छोरा छोरी र आफनाहरुले आमाबुवा प्रतिको समान उत्तरदायित्व बिसेका कारण ने वृद्धाआश्रम शरणको माध्यम पुग्यो भन्ने मेरो मानसपटलमा लाग्यो ।

मानिस एउटा सामाजिक प्राणी हो । ऊ समाजमा बसेपछि उसले समाज र देशका लागी केही न केही गर्नु अति आवश्यकता छ । तर आधुनिकता र सभ्य बन्ने होड मा मानव जातिले आफुले गर्नुपर्ने कर्तव्य र नैतिकतालाई भुलेको छ । जन्मनु र मर्नु कुनै ठुलो कुरा होइन् तर यस संसारमा जन्म लिए सकेपछि समाज, देश र घरपरिवारका लागी केही न केही योगदान पुराउने पर्ने जिम्मेवारी अहिलेका आधुनिक मानव जातिमा भएको पाइदैन् ।

आधुनिक मानव जातिमा विभिन्न पक्षमा खस्कदो स्थिती छ । वास्तम्मा भन्ने हो भने उनीहरुको प्रत्येक क्रियाकलाप, उनीहरुले गर्ने व्यवहार , घरपरिवारको जिम्मेवारी ,समाज र देश प्रतिको उत्तरदायित्व मा सम्बन्ध खस्कदो देखिन्छ । अहिलेका मानव जातीले हाम्रो समाजमा वृद्धा वृद्धाहरुलाई हेला गर्ने , तिरस्कार गर्ने , आफुलाई जन्म दिने वुवा आमा लाई माया ममता नगर्ने , साहरा नदिने जस्ता कुसस्कार फैलिएको पाइन्छ।
आधुनिकता संगै एकै परिवारका सदस्य वीच समेत पर्यात्त माया , ममता संहयोग र दुख सुखमा हेरविचार नगर्ने प्रवृत्ति बढदो छ । 

व्यस्त जीवनशैली , बसाईसराई , विदेशीने विभिन्न कारणले ।पनि सम्बन्ध टाढा बनाएको छ । भने पारिवारिक एवम् सामाजिक जिम्मेवारी बुझन् नसक्दा आफनै परिवारका सदस्यहरु विशेष गरी वृद्धा वृद्धाहरु लाई पालनपोषण , बेसाहरा छाडेर जाने प्रवृत्ति को विकास भएको छ । आमा वुवाको पालनपोषण , रेखदेख गर्ने जिम्मेवारी बाट मुक्तिका लागी जन्म दिने वुवा आमालाई समेत वृद्धा आश्रममा लगेर छोडिन्छ ।

यसले पारिवारिक , सामाजिक र मानवीय सम्बन्धमा नकारात्मक असर परेको छ । यस्तै नेपाल राष्ट्रिय जेसिजका पुर्व अध्यक्ष अनुपमान सैजु भन्नु हुन्छ , आधुनिक परिवेस संगै सम्पुर्ण घरपरिवार संयुक्त रुपमा बस्न मन नपराउनु, विदेशमा धन मकाउने र विलासी जिवन जिउने निहुमा विदेशमा नै पलायन हुने कारणले यति बेला वृद्धाआश्रम वृद्धावृद्धाहरु को लागी शरणको माध्यम बन्न पुगेको छ ।_दैनिकनेपलबाट;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com