ज्यान लिन सक्छ अगरबत्तीले !

एजेन्सी बैशाख १९,

अगरबत्ती र धुपबत्ती प्रायः सबैको घरमा बालिन्छ । मान्छेमा यस्तो भ्रम पनि छ कि यसका कारण वातावरण नै स्वच्छ हुन्छ । सत्य यस्तो भेटिएको छ, यसको धुवाँले ज्यानसमेत लिन सक्छ ! हानिकारक अगरबत्ती अगरबत्ती भलै धार्मिक आस्थासँग जोडिएको छ । तर, सत्य के हो भने यो हाम्रो स्वास्थ्यका लागि निकै खतरानक हुन्छ ।

यसका कारण क्यान्सर जस्तो रोग हुने खतरा पनि उच्च रहन्छ । एउटा अध्ययनमा देखिएको छ, ‘अगरबत्ती र धुपबत्तीमा पाइने पोलिएरोमेटिक हाइड्रोकार्बन (पीएएच)का कारण क्यान्सर हुने वा टाउकोको रोग लाग्ने संभावना धेरै हुन्छ ।’ वासनादार अगरबत्ती घरभित्र बाल्दा वायु प्रदुषण भएर कार्बनमोनोअक्साइड फैलिन्छ । यसकारण बन्द कोठामा धेरै अगरबत्ती र धुप बाल्नु राम्रो देखिदैन । खोकीको समस्या अगरबत्ती बालिएको ठाउँमा धेरै रहनेहरुमा खोकी र हाँछ्यू आउने समस्या अधिक हुन्छ ।

अगरबत्तीको धुवाँबाट निस्किने कार्बन मोनोअक्साइडका कारण फोक्सोका कोशिकामा समस्या आउन सक्छ । यसका साथै श्वासप्रश्वास प्रक्रियामा समेत यसले समस्या ल्याउन सक्ने बताइन्छ । किनभने श्वास लिँदा यसको धुवाँ पनि सँगै भित्र जान्छ । त्यसैगरी यसमा रहन सल्फरडाइ अक्साइड, नाइट्रोजन र फर्मल्डहाइड जस्ता तत्वले श्वासप्रश्वास सम्बन्धि रोगलाई आमन्त्रण गर्ने देखिएको छ ।

छाला र आँखामा समस्या यदि धेरै समय यसको धुवाँसँग रहनुप¥यो भने छाला र आँखा सम्बन्धि रोगले दुःख दिने संभावना अधिक हुन्छ । आँखा दुख्ने र छालामा चिलाउने रोग आउने बताइन्छ । मष्तिष्कमा असर अगरबत्तीको धुवाँले शरीरको सञ्चालन प्रणालीमा प्रभाव पार्छ । जसका कारण टाउको दुख्ने वा ध्यान केन्द्रीत नहुने र विस्मृति जस्तो समस्या हुन सक्ने खतरा हुन्छ । रगतमा विशाक्त ग्याँसको मात्रा बढाइदिएर मष्तिष्कका कोशिकामा असर पार्न सक्छ ।

शरीरलाई हानी अध्ययनका अनुसार जब अगरबत्तीको जलाइन्छ तब यसको बिषाक्त धुवाँ निस्किन्छ । जहाँ सिसा, आइरन र म्याग्नेसियम जस्ता नोक्सान पु¥याउने तत्व हुन्छन् । यसले शरिरमा बिषाक्त पदार्थको मात्रा बढाइदिन्छ । यसैको धुवाँका कारण रगतमा बिकार बढ्नुका साथै शरीरमा टक्सिस पदार्थ बढ्न थाल्छ । मुटु रोगको समस्या स्वस्थ मुटुले मात्रै स्वस्थ जीवनको परिकल्पना गर्न सकिन्न । तर, लामो समयसम्म अगरबत्तीको धुवाँको सम्पर्कमा रहँदा मुटु रोग लाग्ने कारण १० देखि १२ प्रतिशत बढ्ने चिकित्सकको दाबी छ । किनकि यसमा रहेको वाष्पशील कार्बनिक यौगिक र कणिका जस्ता तत्व रक्तबाहिनी नलीबाट प्रसारित हुन्छ । जसले मुटुरोग निम्त्याउने संभावना हुन्छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com