यस्तो अबस्थामा गर्भ रहँदैन भन्नु भ्रम हो

एजेन्सि बैशाख २०,

शारीरिक सम्बन्धपछि नुहाउदा गर्भ बस्दैन, पहिलो सेक्समा गर्भ रहदैन, सेक्सपछि तुरुन्तै महिलाले पिसाव गर्दा गर्भ रहदैन…हाम्रो समाजमा रहेका यस्ता भ्रमले महिलाहरु अनिच्छित गर्भधारण गर्न बाध्य छन् । नेपाली समाजमा गर्भसंग जोडिएका निकै भ्रमहरु छन् ।

यस्ता छन् भ्रमहरु :
१) महिनावारीको बेला सेक्स गर्दा गर्भ रहदैन भन्नु भ्रम हो । किनकि शुक्राणु ७ दिनसम्म सक्रिय रहन्छन् । जसका कारण गर्भ रहने सम्भावना रहन्छ ।

२) पहिलो पटकको सेक्समा गर्भ रहदैन भन्नु पनि भ्रममात्र हो । त्यसकारण बच्चाको चाहना छैन भने परिवार नियोजनका साधन प्रयोग गर्नुपर्छ ।

३) सेक्स गर्ने बित्तिकै नुहाउदा वा पिसाब गर्दा गर्भ रहदैन भन्नु पनि भ्रममात्र हो ।

४) सेक्स गर्ने बित्तिकै उभिदा वा हिड्दा गर्भ रहदैन भन्नु पनि भ्रम हो ।

५) पानीमा सेक्स गर्दा वा सेक्स पछि पानीमा बस्दा गर्भ रहदैन भन्नु पनि भ्रम हो ।

परिवार नियोजनका साधनका प्रयोग नै सबैभन्दा उत्तम गर्भ निरोधको विधि हो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com