गजल By, मानन्धर अभागी
ती तिम्रा नजरले सोच्न वाध्य गरायो
तिम्रा ती अधरले आज मोहनी लगायो
सुन्दर गाउँ छाडी सपना वोकी आएथेँ
दुर्भाग्य यो शहरले मलाई पागल बनायो
व्यर्थै तिमीले हिजो फूल भनी दि गयौ
रहेछ त्यो खञ्जरले भित्र भित्रै दुखायो
छाडी गयौ मलाई कहाँ कहाँ खोजिँन
पत्तो छैन वेखवरले आज हेर रुवायो
ती तिम्रा नजरले सोच्न वाध्य गरायो
तिम्रा ती अधरले आज मोहनी लगायो
© मानन्धर अभागी