स्वतन्त्र गजल By, सावित्रा लुइँटेल घिमिरे
हो माग्नेले अलिकती मद्दत माग्यो
पैले मुटु माग्यो पछी रगत माग्यो|
कति लाचार छ यो देशको कानून
हेर्नुहोस्, अदालतले हिफाजत माग्यो|
कृतिम रहेछन् रहरहरु मेरा पनि
मृत यो जिन्दगी को सनाखत माग्यो|
दुनियाँ साँच्चै परिवर्तन भएको रहेछ
छोराले बा सित ढोग दण्डवत माग्यो|
जस्लाई मन मुटु दिएँ आफ्नै सम्झी
सम्पत्ति र सहमतिसँगै इज्जत माग्यो |
सावित्रा लुइँटेल घिमिरे
झापा -बिर्तामोड
हाल-इजरायल