प्याजका यतिधेरै फाइदा...

 एजेन्सी बैशाख ६,

तापक्रममा वृद्धि भएसँगै सूर्यको प्रकाश छालाको भित्री भागसम्म पुग्छ । त्यसो त घामबाट बचाउन धेरै फलफुल र खानेकुरा हुने गर्छन । त्यसैमध्येको एउटा महत्वपूर्ण खानेकुरा हो प्याज । प्याजले स्वास्थ्यमा धेरै फाइदा गर्छ ।

यौन दुर्बल भएकाहरुका लागि प्याज औषधी नै मानिन्छ । लसुनजस्तै प्याजले पनि यौन रुचीमा बृद्धि गराउँछ । प्याजमा यही गुण हुने भएकाले आफूलाई यौन आशक्तिबाट टाढै राख्न पूर्वीय समाजमा प्रयोग नगर्ने परम्परा नै थियो ।

यसले कपाल झर्न पनि रोक्छ । निरन्तर कपाल झर्ने समस्या छ भने नुहाउनुभन्दा केही घन्टाअगाडि प्याज काटेर त्यसलाई पेस्ट बनाई टाउकोमा दल्नुहोस् । यसले कपालको जरा बलियो बनाई झर्नबाट रोक्छ ।
रातो प्याजमा क्युरसेटिन नामको रसायन हुन्छ जसले ग्याष्ट्रिकबाट पनि बचाउछ ।

प्याजले विभिन्न संक्रमण र रोगहरुबाट बचाउँछ । प्याजमा विभिन्न पोषणतत्व हुन्छ जसले हामीलाई अन्य रोग लाग्नबाट पनि जोगाउँछ । यसले अनुहारको चमक बढाउछ ।

लन्चको समयमा प्याजलाई सलादको रुपमा पनि प्रयोग गर्न सकिन्छ । पाचनमा समस्या भएकाहरुले दिनमा एउटा काँचो प्याज चबाएमा पाचन समस्याको समाधान हुन्छ ।

जलेको छालामा प्याज दल्दा छालालाई आराम दिन्छ । नियमित काँचो प्याज खाँदा छालामा चमक आउँछ ।
नियमति प्याज खाएमा मुटुमा समस्या ल्याउने खराब कोलेस्ट्रोललाई हटाउन सकिन्छ । प्याजलाई पानीमा भिजाएर केही मिनेट राखेर खाँदा शरीरलाई शितल प्रदान गर्छ ।

त्यस्तै प्याजलाई ज्वरो आउदा पनि प्रयोग गर्न सकिन्छ ।  हनहनी ज्वरो आउदा प्याजको टुक्रालाई निधारमा राखेमा ज्वरो घट्छ । प्याजलाई हल्का पानीमा डुबाएर निधार, पैताला र हातखुट्टामा दल्दा बिरामीलाई हल्का महशुस हुन्छ ।

गर्मीमा नाथ्रो फुटेर नाकबाट रगत आएको छ भने प्याजलाई दुई तीन टुक्रा बनाउनुहोस र बेस्सरी नस लिनुहोस वा सुघ्नुहोस नाकबाट रगत आउन छाड्छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com