आफ्नै बाबुबाट बलात्कारमा परेकी युवतीको बयान..

ललितपुर बैशाख ६,



बुबा, ममी नै विदेशमा काम गर्न जानुभएको थियो। म र भाइ फुपुको घरमा बस्दै आएका थियौं। बुवा डेढ वर्षअघि मलेसियाबाट नजाने गरी आउनुभयो।

हामी फुपुको घरमै थियौं। पछि पुस माघ तिर इमाडोलमा कोठा खोजेपछि हामीलाई लिन जानुभयो। एउटा कोठामा म बुबा र भाइ बस्न थाल्यौं।

बुबा प्लम्बिङको काम गर्नुहुन्थ्यो। बुवा र ममीको राम्रो सम्बन्ध थिएन। अहिले पनि छैन। ‍फोनमा अहिले पनि दुवैको बाझाबाझ मात्र हुन्छ।

सधैँ झगडा भइरहने भएर होला ममी सायद कुवेत गएको। म अहिले १७ वर्षकि भए। भाइ १४ वर्षको भयो।
बुबाले भाइलाई सधै कुट्ने र गाली गर्ने गर्नुहुन्थ्य, ऊ डरले फुपुकोमा नै गएर बस्थ्यो। कहिले काँही भने आउथ्यो।

बुवाले एक दिन छ्याङ लिएर आउनुभयो। मलाई पनि खा भन्नु भयो मैले ‘खान्न तपाईँमात्र खानुस्,’ भने। उहाँले मलाई जर्वजस्ती खुवाउनुभयो।
पहिलो पटक खाएर होला मलाई छ्याङ लागेछ। म त बेहोस भएछु।

भोलिपल्ट उठ्ता त म नाङ्गै थिए। मैले किन बुवा यस्तो गरेको भन्दा उहाँले ‘कसैलाई नभन, आफन्त र पुलिसलाई भनिस् भने म पुलिसलाई घुस खुवाएर छुटिहाल्छु अनि आएपछि मारदिन्छु’, ‍भन्नुभयो।
हुन त यो भन्दा पहिले पनि बुबा मलेसियाबाट बिदामा आउनुभएको बेला मलाई ब्लू फिल्म देखाउनुहुन्थ्यो। म हेर्दिन भनेर पन्छिन्थेँ। बुबाले पछि बुझ्छेस् भन्नुहुन्थ्यो।

एक दिन बुबाले फेरि छ्याङ ल्याउनुभयो। मैले खाँदिन भने। बुबाले जर्वजस्ती गर्न थाल्नुभयो। मैले चाउचाउसँग खान्छु भने बुबाले चाउचाउ ल्याइदिनुभयो। मैले बुबा नभाको बेलामा आधा छ्याङ फालिदिए। चाउचाउ ल्याएपछि बाँकी रहेको आधा खाएर सुतेँ।

म सुतिरहेको थिएँ, बुवा म सुतेको बेडमा आउनुभयो। मेरो मुख र हात समातेर जर्वजस्ती गर्नुभयो। त्यो दिन धेरै गाली पनि गर्नुभयो।

बिहान उठेर चिया पकाएर छोरी खाउ भन्दै माया पनि गर्नुहुन्थ्यो। रक्सी खाएर आएपछि मलाई दिनहुँ बुबाले सताउनुहुन्थ्यो। कति पटक त भाइ कोठामै भएका बेला पनि उहाँले मलाई जर्वजस्ती गर्नुभएको छ।
उहाँले छ्याङ लगायतका पेय पदार्थमा सेतो धुलो के हो थाहा छैन त्यो हाल्नुहुन्थ्यो।

बुवाले यस्तो काम गर्न थालेपछि मैले आफन्तलाई भने। आफन्तले आफ्नै बेइज्जत हुन्छ भनेपछि चुप बसे। कहिले काँही मर्न मन लाग्थ्यो तर सक्तैनथिएँ।

प्रहरीलाई १०४ मा फोन गरेर घटनाबारे जानकारी गराउन मिल्छ भन्ने कुरा मलाई थाहा थियो। बुवाकै अगाडि कल गर्न लागेका थिए। बुबाले थाहा पाउनुभएछ। त्यसबेलादेखि त झन मोबाइल नै बोक्न नै दिनुभएन।
मैले यस वर्षको एसएलसी परीक्षा दिएको हुँ। एसएससी परीक्षाभर बुबाले केही गर्नुभएन। परीक्षा सुरू हुने अघिल्लो दिन भने सधै झै गर्नुभयो।

बुबाको बानी थाहा भएर होला भाइले त फुपुका गएर बस, म बुबासँग बस्छु भन्यो। जति कुटाइ खाए पनि खाउँला भन्थ्यो। तर फुपुको घर गएपनि बुबा गएर ल्याइहाल्नुहुन्थ्यो।

एसएसलसी सकेपछि मैले रूदैँ बुबाले गरेका सबै काम साथीलाई सुनाए। साथीले उनको ममीलाई भनिछ। आन्टीले मलाई पनि भेट्नुभयो। र पुलिसकहाँ गएर खबर गर्न भन्नुभयो। त्यसपछि मेरा अति नै मिल्ने २ जना साथी मसँगै आए।

इमाडोल प्रहरीमा सरलाई भेट्यौं र सबै जानकारी गरायौं। सोही दिन बुबालाई पनि प्रहरीले पक्राउ गर्‍यो। बुवा पक्राउ परेपछि कुवेतमा ममीलाई पनि थाहा भयो। ममी छिट्टै नेपाल आउँछु भन्नु भएको छ।

बुवाले यतिका समयसम्म मलाई यस्तो गरिरहदाँ मैले डरले कसैलाई भन्न सकिनँ। मलाई नै मारिदिने हो कि जस्तो लाग्यो।

अहिले त बुवालाई बाउ भन्न पनि लाज लाग्छ। बुवाको अनुहार सम्झ्यौं कि राक्षसजस्तो लाग्छ। समयमा नै आँट गरेर प्रहरीलाई नभनेकोमा अहिले मलाई पश्चाचाप लागिरहेको छ।

‍पीडित युवतीको बयान र सातदोबाटो प्रहरी प्रमुख डिएसपी तारादेवी थापासँग प्रकाश ढुंगानाले गरेको कुराकानीमा आधारित।_सेतोपाटीबाट;

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com