यी लक्षणले कलेजो ड्यामेजको संकेत गर्छ

 एजेन्सी बैशाख १०,

शरीरका महत्वपूर्ण अंगहरुमध्ये लिभर अर्थात् कलेजो एक प्रमुख अंग हो । यसले शरीरका हानिकारक विषादीलाई बाहिर फाली शरीर स्वस्थ बनाउँछ ।

शरीरको विषादीयुक्त तत्वलाई बाहिर फालिदिने क्रममा यो अंगमाथि अत्यधिक दबाबका साथै संक्रमणको पनि जोखिम हुन्छ । त्यसैले लिभर आफैमा एक संवेदनशिल अंग हो ।  हेपाटाइटिसबाट बच्न पनि लिभरको काम र यसमा आउने सम्भावित समस्याको जानाकारी लिइरहनुपर्छ । सामान्यतया यी लक्षण देखिएमा कलेजोमा खराबी छ भन्ने बुझ्नुपर्छ  ।

भोक हराउनु :
कलेजोमा समस्याको पहिलो लक्षण भनेको खानामा रुची नहुनु हो  । शरीरले भिटामिन र खनिज  लिन सक्दैन । जसका कारण शरीरमा अल्छीपना आउछ र कमजोर हुन्छ । तसर्थ १ सातादेखि भोक लाग्न छाडेको छ भने कलेजोमा समस्या छ कि भनेर शंका गर्नुपर्ने हुन्छ।

वाकवाकी लाग्नु : 
कलेजोमा हानी भएको अर्को लक्षण चक्कर लाग्नु र बान्ता आउनु हो । लिभरले हानीकारक र विषादीयुक्त तत्वलाई बोकेर लैजाने क्रममा कलेजोमा बढी लोड पर्न जादा बान्ता आउने र चक्कर लाग्ने हुन्छ । यसले अपच र पेटमा अन्य पीडा हुन्छ । जसका कारण वारम्बार वान्ता आउछ । तसर्थ केही खानेकुरा खाँदा वाकवाकी वा वान्ता आउछ भने तत्काल चिकित्सकको सल्लाह लिनुहोस ।

आँखाको रंग परिवर्तन हुनु : 
जन्डिस वा हेपाटाइटिसको मुख्य लक्षण आँखा र छाला पहेलो हुनु हो । बिहानीपख आँखाको रंगमा सामान्य परिवर्तन भएमा यसले कलेजोमा गडबढी भएको संकेत गर्छ । तसर्थ आँखाको रंगमा केही परिवर्तन हुनासाथ लिभर बिग्रिएको शंका गर्नुपर्छ ।

कालो पिसाब : 
लिभरले राम्रोसँग काम गर्न छोडेपछि ‘बाईल साल्ट’को उत्पादनमा बृद्धि हुन्छ । नून टुक्रिन नसक्दा शरीरमा तितो र कालो पानी जम्मा हुन्छ । यो कालोपानी पिसाब तथा दिसामा जान्छ र पिसाबको रंग नै बदलेर कालो बनाइदिन्छ । यसले जन्डिसको लक्षण संकेत गर्छ ।

पेट दुख्ने र सुन्निनेः 
कलेजो पेटको माथिल्लो दाँयाँ भागमा रहेको हुन्छ । यो भागमा हल्का दुख्नु वा असजिलो हुनु भएको लिभरमा केही समस्या आएको संकेत हो । कलेजो सुन्निएर माथिल्लो पेट दुखेको अनुभव हुन्छ ।

पैताला फुल्नु : 
त्यसो त पैताला फुल्ने विभिन्न कारण हुन्छन् । ती मध्येको एउटा कारण कलेजोमा आउने समस्या पनि हो । कलेजोले उत्तेजक पर्दाथलाई फाल्न नसक्दा काम नलाग्ने चिजहरु जम्मा भई रक्त प्रबाहमा समस्या हुन्छ  पैताला फुल्छ ।

काम नलाग्ने चिजहरु पैताला लगाएका शरीरका अन्य अंगमा जम्मा हुन्छन् । अत्यधिक मदिरा सेबन गर्ने हुनुहुन्छ भने तपाईलाई लिभरको समस्या हुन सक्छ ।

माथिका मध्ये कुनै पनि लक्षण देखिन्छ भने  त्यसलाई बेवास्ता नगर्नुहोस्, बरु तत्काल चिकित्सकको सल्लाह लिनुहोस् ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com