महाभारतमा आधारित उपन्यास चीरहरणको अमेरिकामा बिमोचन

अमेरिका बैशाख ७,

अमेरिकाको नर्थ क्यरोलिनामा ,नब बर्ष को सुभकामना सहित आमाहरुबाट नीलम कार्की निहारिकाको चीरहरण उपन्यास लोकार्पण भयो |

महाभारतको बिषय माथी थुप्रै व्याख्या-पुनर्ब्याख्या हुँदै आएका छन् ।चीरहरण त्यही महाभारत-कथामा केन्द्रित फरक कोणबाट लेखिएको उपन्यास हो। सत्यवती देखि द्रौपती सम्म पुग्दा नारिले भोग्नु परेका सामाजिक बिबशता र हिंसा मात्र होइन, धृतरास्ट्रको सिंहासन मोह, शकुनि-षड्यन्त्र अनि महायुद्ध जस्ता घटना बर्तमान समयमा  पनि प्रतिबिम्बित छन् । कुन्तिको पुत्र त्याग होस या द्रौपतिको चीरहरण , अहिलेको समाजपनी यस्ता बिडम्बनाबाट मुक्त हुन सकेको छैन।

लेखनमा नारी चेतना र अस्तित्वलाई केन्द्रमा राख्ने नीलमको यो उपन्यास द्वापरयुगको यस्तो एना हो जसमा हामीले भोगिरहेको समाज देखिन्छ । लेखिका भन्छिन -कुन्तीको पुत्र त्याग होस् या द्रोपदीको चीरहरण आजका पनि साझा घटना हुन् | दिनहु जसो समाचार बनेका, बेबारिसे अबस्थामा भेटिने नब शिशु र बलत्कारका  घटनाहरु  यिनका प्रमाण हुन् |त्यतिमात्र होइन राज्यकै पनि चीरहरणको विसंम अबस्था बारे संकेत गरेको छ   |

कृति बिमोचन पश्चात अनेसास नर्थक्यारोलिना च्याप्टर अध्यक्ष् मनोज प्रधानले भन्नु भयो “उपन्यासकारको गहन अध्ययन र धैर्यताले नै यति महत्व पूर्ण कृति नेपालीसाहित्यले प्राप्त गर्न सकेको हो | लेखक स्वयं नारि भएको हुदा नै त्यस समयका नारि पात्रको मनोबिज्ञानलाई यसरी  केलाउन संभब भएको हो |” महाभारतमा आधारित भएर केहि अन्य पुरुस लेखक साहित्यकारका कृति आएको भएता पनि नेपालमा महिलाबाट लेखिएको प्रथम बिसाल उपन्यास हो | 

उपन्यास साग्रिलाले प्रकासन गरेको हो |चीरहरणको मुल्य ५५५ रहेको छ | बैशाखको दोस्रो साताबाट नेपाल नीलम कार्की निहारिकाको कलम मुख्यतया कविता ,कथा र उपन्यास विधामा चल्ने गर्दछ |रास्ट्रिय स्तरका कबिता प्रतियोगिताहरुमा पुरस्कृत हुदै अघि बढेकी निहारिका  कथामा पनि सिद्द हस्त मानिन्छन  | कविता संग्रह नीलम कार्की निहारिकाका कविता र लामो कविता ब्रेन फिभर ,  कथा संग्रहहरु  -हवन ,कागजमा दस्तखत र बाल मनोविज्ञानमा आधारित बेली प्रकासित छन | बिगत नौ बर्स देखि भने अमेरिकामा रहेर कलम चलाई रहेकी निहारिकाको पछिल्लो प्रकासन अर्की आइमाई उपन्यास पनि चर्चाको सिखरमा रह्यो |

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com