न्युयोर्कमा नेपाली व्यापार मेला हुने

विजय थापा
वाशिंगटन डिसी चैत्र २४,

वर्ल्ड बिजनेशस म्यानेजमेन्ट एण्ड कन्सल्ट्याण्ट (डब्लुबिएमसी)एलएलसी को आयोजनामा आगामि सेप्टेम्बर ३० देखि अक्टुबर २ तारिख सम्म न्यूयोर्क मा नेपाली उत्पादनको प्रबर्धनका लागि ३ दिने व्यापार मेला हुने भएको छ ।
Capture
डब्लुबिएमसी मेरील्याण्ड राज्यमा दर्ता भएको संस्थाको पहलमा हुने उक्त नेपाली मेला न्यूयोर्कको म्यानहन्टनमा आयोजना हुने भएको छ l जसलाई ‘नेपाल एक्जीबिसन एण्ड ईन्टरनेशनल ट्रेड शो’ नामाकरण गरिएको छ ।

नेपाल र अमेरिका बीच व्यापार विस्तार गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको व्यापार मेलामा नेपाल तथा विश्वभर रहेका तीन सय ५० भन्दा बढी उद्योगी व्यवसायी सहभागि हुने छन् ।

नेपाली उत्पादनलाई अमेरिका हुँदै विश्व बजारसम्म लैजान सजिलो होस भन्ने उद्देश्यका साथ मेला आयोजनाको तयारी अगाडि बढाइएको आयोजकले जनाएको छ । यो मेलाको अर्को उद्देश्य नेपाली उत्पादनलाई अमेरिका हुँदै विश्व बजार सम्म पु¥याउने लक्ष्य भएकाले ७० प्रतिशत भन्दा बढी उद्योगी, व्यवसायी नेपालबाट भाग लिने छन् भने बाँकी ३० प्रतिशत विश्वभरिबाट सहभागिता हुनेछ ।

उक्त मेलामा नेपाली कृषि उत्पादन, सांस्कृतिक तथा सम्पदा झल्कने सामाग्री र नेपालको गौरव झल्काउने केही उत्पादनहरुलाई कफि, चिया, पाल्पाली ढाका, सुठो, अलैंची, खुकुरी, खुकुरी रम, नेपालको मूर्तिकला तथा गहनाहरु आदिले भाग लिने व्यवस्था गरिने आयोजक संस्थाका अध्यक्ष बुद्धिप्रसाद रेग्मीले बताएका छन् ।

मेला आयोजना भएसंगै अमेरिका लगायतका विश्वका विभिन्न देशका खरिदकर्तालाई नेपाल ल्याएर ‘बिजनेश टु बिजनेश’ नेटवर्क सञ्चालन गर्ने उद्देश्यसमेत आयोजकले लिएको छ ।

यो व्यापारीक मेलालाई अमेरिका स्थित विभिन्न नेपाली सामाजिक संघसंस्था, विदेशी संघसंस्था तथा अमेरिकी सरकारी निकायहरुसँग पनि सहयोग लिएर सफल बनाउनको लागि आयोजक कम्पनी जिम्मेवार हिसाबले लागि परिरहेको जनाईएको छ ।

मेलामा भाग लिनको लागि सम्पूर्ण व्यवसायी संस्थाहरुले तोकिएको प्रक्रिया पुरा गरेको हुनु पर्ने र कम्तीमा २ वर्ष उत्पादन गरेको, खुद्रा वा होलसेल व्यपारको इतिहास भएको, आर्थिक रुपमा सक्षम भएको, सरकारी कर तिरेको, मेलाहरुमा भाग लिइ अनुभव हासिल गरेकोे, भ्रमण इतिहास, उत्पादनको प्रकृति हेरेर यसमा भाग लिन सक्ने वा नसक्ने भन्ने विषयमा निर्णय गरिने जानकारी गराईएको छ ।

मेला ३ दिनसम्म चल्ने भएकाले ५ दिनको होटलको व्यवस्थापन र आतेजाते टिकट सहितको सहुलियत दरको प्याकेजको व्यवस्था गरिएको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com