घरको यादले सताउँदा के गर्नुहुन्छ ?

बिबिसी बैशाख १,

बाल्यकाल या युवा अवस्थामा जव मानिस घरबाट टाढा हुन्छ त्यतिबेला घरको यादले सताउने गर्छ। धेरै जसो मानिस त्यो समयमा पढाईको सिलसिलामा बाहिर हुने गर्छन्। त्यो बेला उनीहरु घरलाई 'मिस' गर्दै फोन गर्ने गर्छन्। यसलाई अंग्रेजीमा 'होमसिकनेस' भन्ने गरिन्छ।

अक्सर यो बच्चाहरु र युवाहरुलाई हुने गर्छ। उमेरसँगै यो हराउने भनिएता पनि त्यस्तो देखिँदैन।

१९ औं सताब्दीमा मानिसहरुलाई विविध कारणले विदेश जानु पर्थ्यो। पैसा कमाउन र युद्धको लागि त्यो समय धेरै मानिस विदेश गए। अझ विश्वका धेरै मानिस यूरोप र अमेरिका पुगे।

उनीहरुलाई आफ्नो पुरानो सहर, परिवार, साथी तथा नातेदारको यादले सताउने गर्थ्यो। मानिस आफ्नाहरुसँग जोडिन चाहन्थे र उनीहरुको यादमा बस्थे। यसलाई भावुकताको निशानी पनि भन्न सकिन्छ।

अमेरिकन लेखिका सुसन जे म्याटले, 'होमसिकनेस: एन अमेरिकन हिस्ट्री' नामको पुस्तक लेखेकी छन्। 'होमसिकनेस' शब्द सन् १७५० सम्म चलनमा नभएको सुसनको दावी छ। यस भन्दा पहिले घरको याद आउने विरामी भन्ने गरिन्थ्यो।

तर आज भोली घरको याद आउनुलाई तनावको कारण मानिन्छ। तनाव दैनिक जीवनमा आउने परिवर्तनहरुका कारण सृर्जना हुने गर्छ। यसलाई आज गम्भिरताका साथ लिने गरिन्छ। केही युवाहरुले त घरको यादकै कारण पढ्न समेत छोड्ने गरेका छन्।

यस्तो अवस्थाबाट मुक्त हुन हरेक समय व्यस्त हुन जरुरी भएको विज्ञहरुको भनाई छ। यस्ता केही पुस्तकहरु पनि छन् जुन पढ्दा 'होमसिकनेस' टाढा हुने गर्छ। यस्तै एउटा किताब हो लारी लीको 'सेडार रोजी'। जसमा लेखकले आफ्नो बाल्यकाललाई उल्लेख गरेका छन्। यो त्यो समयका यादहरुको पुस्तक हो न त्यतिबेला कार थिए न बिजुली। बच्चाहरुको लागि आफ्नो मन बहलाउने व्यवस्था आफै गर्नु पर्ने अवस्था थियो। किताबमा पुराना यादहरुको यसरी बर्णन गरिएको छ की पढ्दै गर्दा घर जान मन लाग्छ। र यस्तो महसुस हुन्छ कि अहिले बसिरहेको घर र आफु आएको घर धेरै टाढा छ भने पनि पुरानै घरमा बसिरहेको भान हुन्छ।

घरबाट टाढा भए पछि मानिसहरु केही कुरालाई 'मिस' गरिरहेका हुन्छन्। कसैलाई आफ्नो घरमा पालेको विरालोको याद आउने गर्छ। कसैलाई आफ्नो सहरका गल्लीहरुको यादले सताउने गर्छ।यसको लागि पनि एउटा किताब छ 'काफ्का अन द सोर।' यो पुस्तक हारुकी मुराकामीले लेखेका हुन्। काफ्का नाम एक १५ बर्षीय किशोरको हो। जो घरबाट भागेको हुन्छ। किताबमा अर्को एक पात्र समेत छन् नकाटा नामका। उ एक बयस्क हो उसको विरालोसँग कुरा गर्ने शोख हुन्छ। उसकै मदतले उसले हराएको विरालोलाई खोजी गर्छ र भेट्याउँछ। काफ्का र नकाटा दुवै आफ्नो घरबाट टाढा हुन्छन्। जब दुई भेटिन्छन् यात्र सहज हुन्छ। दुवै मिलेर खुबै रमाइलो गर्छन्। यो कितावले समेत 'होमसिकनेस' लाई टाढा राख्न मदत गर्नेछ।

घरको याद आउँदा पढ्न सकिने अर्को किताब हो मिखाइल बुल्काकोवको 'द मास्टर एन्ड द मार्गरिटा'। यो दुई अलग अगल कथाहरुको संयोजन हो। एउटा कहानी जेरुसेलमको छ भने अर्को मस्कोको। पुस्तकमा यति बिस्तारको साथ यी सहरहरुको बारेमा लेखिएको छ की तपाई घरको नजिकै भएको महसुस गर्नु हुनेछ।

जस्तोसुकै मस्किल अवस्थामा पनि किताब तपाईको सच्चा साथी हुन सक्छ। घरको याद आउँदा मात्र होइन नयाँ देश र नयाँ सहरमा रहँदा पनि यो तपाईको असल साथी हुन सक्छ।

किताब, कथा तथा उपन्यासका पात्रहरु यस्ता हुन्छन् जो हामीलाई साथीको, घरको सदस्यको र घरमा पालिएको जनावरको याद दिलाउने गर्छन्।

भारतीय लेखिका झुम्पा लहरीको पुस्तक 'द नेमसेक' मा पनि यस्तै प्रसंगहरु छन्। बंगाली केटी आशिमाको बिबाह पछि घरबाट टाढा अमेरिकाको क्याम्ब्रिज सहरमा जानु पर्छ। उनले घरको यादलाई टाढा राख्न घरमा बन्ने गरेका खानेकुरा पकाउने गर्छिन्। समोसा, आलु गोभी र लस्सी बनाउँदै घरको यादलाई भगाउने प्रयास गर्छिन्। यसको बारेमा हलिउडमा फिल्म समेत बनेको छ। जसमा तब्बु र इरफान खानले काम गरेका छन्।

घरको जब याद आउँ त्यति बेला सबै भन्दा याद खानाको आउने गर्छ। आमाको हातको खाना, बहिनीले बनाएको तरकारी आदी आदी। यस्ता किस्सा भएका किताबको हिजो आज खुब चलन पनि छ। तपाईलाई नयाँ घरमा पुरानो घरको यादको तनाब बाट पुस्तहरुले मुक्त गर्न सक्छन्। किन भने पुस्तकहरुमा आफ्ना पात्र पाउन सकिन्छ। अर्को जहाँ जानुहुन्छ त्यहाँको खानामा आफूलाई अभ्यस्त पार्न सिक्नुहोस् यसले गर्दा 'होमसिक' हुन दिंदैन।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com