कतिबेला पानी नपिउने ?

काठमाण्डौ बैशाख १३,

आवश्यकताभन्दा बढी पानी खानाले शरीरमा रहेका सोडियम, पोटासियमलगायत उपयोगी पदार्थ पिसाबमार्फत बढी मात्रामा बाहिर निस्कन्छन् र शरीर कमजोर हुन पुग्छ । त्यही भएर सानो शरीर भएकाहरूले प्रतिदिन तीन लिटर र ठूलो ज्यान भएकाहरूले चार लिटर पानी खाने गर्नु उपयुक्त हुन्छ ।

पानी कति बेला खानु हुँदैन भन्ने जानिराख्नुपर्छ ।
यस्तो अवस्थामा पानी खानु हुँदैन भनी आयुर्वेदले भनेको छ ः
–    पल्टिएको बेला
–    दिसा गरेर आउनासाथ
–    पिसाब गरेर निस्कनासाथ
–    दूध खाइरहेको बेला
–    चिया खाइरहेको बेला
–    चना खाइरहेको बेला
–    भोजन गरिरहेको बेला
–    भोजन गरेलगत्तै
–    हिँडेर बेस्कन थाकेको बेला
–    असिनपसिन भएको बेला
–    कडा शारीरिक श्रम गरेर आउनसाथ
–    व्रत सकिनासाथ (स्वास्थ्य खबर)

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com