७१ बर्षीय मार्गरेट डेटिङमा व्यस्त छिन्

एजेन्सी बैशाख ६,

 तन बुढो भएपनि मन बुढो हुँदैन भन्ने उखानै छ । आखिर जिउ बुढो भएपछि मन मात्र तन्नेरी भएर नाप्न सकिने चाहीँ केही होइन, कल्पना बाहेक ।

तर बेलायतकी एक हजुरआमाको भने उमेर बुढो हुँदापनि तन र मन दुबै तन्नेरी हुँदा उधुम मच्चाउन सफल भएकी छिन् । यी सुपर हजुरआमाले बुढेशकाल लागिसकेपछि पनि २ सय जना तन्नेरीसँग प्रेमालाप गरेकी  छिन् ।

अहिले ७१ वर्षकी भएकी छिन् मार्गरेट कोलिन्स । जागिरबाट रियायर्ड भएयता उनले अहिलेसम्म २ सय जनासँग डेटिंग गरिसकेको बताइन्छ । तन्नेरीसँगको डेटिंग अहिलेपनि चलिरहेको छ । डेटिंगमात्र होइन, उनले विभिन्न पार्टीहरुमा गएर पनि मस्ती गर्छिन् ।

न्युक्यासलमा बस्ने कोलिन्सले २ पटक बिहे गरेकी थिइन् । दुबै बिहे खासै सफल भएनन् तर उनका ३ जना छोरी चाहीँ जन्मिए । ती छोरीहरुबाट ५ जना नाति तथा २ जना पनाति छन् अहिले उनका ।

उनले बिहेपछि २० वर्षसम्म आफ्ना छोरीहरुको हेरचाहमै बिताइन् । त्यसबेला उनले पार्टटाइम जागिर गर्दथिन् ।
त्यसपछि उनले आफ्नै एउटा कम्पनी खोलिन् । ६८ वर्षको उमेरसम्म उनी आफ्नै कम्पनीको महानिर्देशक बनिन् । ६८ वर्षपछि उनले व्यवसायिक जिवनबाट अवकाश लिइन् र पूरै आनन्दभोग गर्न थालिन् । पछिल्लो ३ वर्षमा उनले २ सय तन्नेरीलाई डेटिंगमा लगिसकेकी छिन् ।

तन्नेरीहरुसँग डेटिंगमा जाँदा आफुले पनि आफुलाई तरुनी नै सम्भिmने गरेको र फेरि विवाह गर्ने मन जाग्ने गरेको उनको भनाई छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com