सिपाहीकी श्रीमतीमाथि फिदा कमिस्नरले हद पार गरेपछि...

 एजेन्सी बैशाख १५,

मुजफ्फनगरमा एक ट्रेड ट्याक्सका सहायक आयुक्त (असिस्टेन्ट कमिश्नर) सुभाष चन्द्रा प्रहरीका एक सिपाहीकी श्रीमतीमाथि फिदा भएका छन् ।

त्यसपछि उनले सिपाहीकी श्रीमतीलाई आफ्नी बनाउन प्रयास गरे । यो प्रयासका क्रममा उनले पुरै हद पार गरेपछि उनीविरुद्ध मुद्दा दर्ता भएको छ भने जेल चलानको तयारी भइरहेको छ ।

यी सहायक आयुक्तले लोकल इन्टेलिजेन्स युनिट (एलआईयू)का सिपाही जयबीरकी पत्नीलाई आफ्नो यौनप्यास मेटाउने साधनका रुपमा हेरे र त्यसैअनुसार छेडछाड र अश्लील कुराहरु पनि गरे । उनले जयबीरकी श्रीमतीलाई तिमी यति राम्राी छौं, फेरि पनि सिपाहीसँग किन बस्छौं । 

सिपाहीकी पत्नी भनेर अहिले चिनिन्छौं, म सँग बस्यौ भने चाँडै नै म्याम साप बन्ने छौं । यति भनेर उनले एकदिन उनको हातै समातेर मेरै कोठामा आएर बस्न आग्रह गरे । यतिमात्रै होइन् जयबीरकी श्रीमतीलाई कण्डोम देखाएर उनी अश्लील हर्कत पनि गर्दथे । अति भएपछि जयबीरकी श्रीमतीले उनलाई सबै कुराको पोल खुलेर प्रहरीमा उजुरी दिइन् र प्रहरीले उनलाई पक्रयो ।

समाचार अनुसार अब उनलाई अदालत लजाने तयारी प्रहरी चौकीले गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com