नवदम्पति जोडीलाई यस्तो वेवसाइट

 काठमाडौँ, १७ वैशाख ,

सुनौलो परिवार नेपाल तथा मेरी स्टोप्स इन्टरनेसनलले नवविवाहित जोडीलाई परिवार नियोजनका बारेमा जानकारी गराउने उद्देश्यले www.newlywed.org.np नामक वेबसाइट सञ्चालनमा ल्याएको छ ।

उक्त वेबसाइटमा विवाहको समयमा चाहिने शुभसाइतका सामग्री, डे«स, फर्निचर, सौन्दर्य पसल, मेहेन्दीलगायत ४० प्रकारका सेवाका बारेमा समेत जानकारी गराइनेछ । सेवाग्राहीलाई सम्बन्धित व्यवसायीसँग सम्बन्धित विषयका लागि जानकारी लिन वेबसाइट उपयोगी हुनेछ । विशेषगरी नवविवाहित जोडी लाभान्वित हुने विश्वास गरिएको संस्थाले जनाएको छ ।

मेरी स्टोप्स इन्टनेसनल अन्तर्राष्ट्रिय संस्था हो, यसको नेपाललगायत ४३ देशमा सञ्जाल विस्तार भएको छ । नेपालका विभिन्न ३२ जिल्लामा ३६ केन्द्र सञ्चालनमा छन् । ती केन्द्रले गुणस्तरीय परिवार नियोजनका सेवा, यौन तथा प्रजनन स्वास्थ्य सेवा तथा सुरक्षित गर्भपतनका सेवा सञ्चालन गर्दै आएको सञ्चार संयोजक शिवा श्रेष्ठले जानकारी दिनुभयो । रासस


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com