मध्यरातमा ब्युझी लेखेको नीलमको उपन्यास 'चिरहरण' प्रकाशित

विजय थापा

वाशिंगटन डिसी चैत्र २९,

मानिस अक्सर मध्यरातमा कुम्भकर्ण झैँ मस्त निन्द्रामा सुत्दछन बिदेशमा झन् कुखुराको डाकमा बिउझने र एकाबिहानै काममा जानु पर्ने भएकोले सम साँझै सुत्ने पनि गरिन्छ तर साहित्यकार नीलम कार्की निहारिकालाई आफ्नो उपन्यास चिरहरण प्रकाशित गर्न पटक पटक मध्यरातमा बिउझिनु पर्यो उठेर भए पनि आफ्नो काम फत्ते गरेरै छोडिन पाँच बर्ष कडा मेहनत गरेर युबा आख्यानकार नीलम कार्की निहारिकाले आफ्नो जन्म दिनको अबसरमा पारेर चीरहरण उपन्यास प्रकासित गरेकी छन 
​l​

महाभारतकालिन कथा भित्र पसेर लेखिएको चीरहरणमा द्वापर युगकी सत्यवती देखि द्रोपदी सम्म पुग्दा  बर्तमान समय भोगाई र घटनाहरु  बुनिएका छन् यस अघि उनको डायस्पोरिक उपन्यास अर्की आइमाई प्रकासित थियो जुन उपन्यास पाठकले अति मन पराएका थिए |

निहारिका अमेरिकाको नर्थ क्यारोलिनामा बस्छिन l  नीलम कार्की निहारिकाको कविता ,कथा  उपन्यास मा कलम चल्ने गर्दछ |रास्ट्रिय स्तरका कबिता प्रतियोगिताहरुमा पुरस्कृत हुदै अघि बढेकी निहारिका कथामा पनि सिद्द हस्त मानिन्छन  | कथा संग्रहहरु  -हवन ,कागजमा दस्तखत  बाल मनोविज्ञानमा आधारित बेली प्रकासित छन | बिगत नौ बर्स देखि अमेरिकामा रहेर कलम चलाईरहेकी निहारिकाको पछिल्लो प्रकासन अर्की आइमाई उपन्यास पनि चर्चाको सिखरमा रह्यो |

प्रवासमा रहेता पनि साहित्य साधनामा बिश्राम भने गरेकी छैनन् साहित्यकार निहारिकालाई आफ्नो जन्म दिवसमा उपन्यास प्रकाशित हुनुको खास कारण केहि छ भन्ने राखेको जिज्ञाशामा यो उपन्यास मेरी आमा र बाल्यकालको कारणले लेखिएको हो उनले भनिन उनले भनिन आमाले हरेक अधिकांस रात हामि निदाउनु पूर्व महाभारतको कथा सुनाउने गर्नु हुने थिएन भने मलाई लाग्छ म चिरहरण लेख्ने थिईन् होला भनिन |  त्यसैले जन्मदिनमा प्रकासित गर्ने रहर भयो र आज शुभ साइतमा प्रकाशित भयो भनिन l

चीरहरणको नामाकरणको साइत कसरि जुर्यो भनि जिज्ञाशा राख्दा निहारिकाले भनिन प्रथम बिषय बस्तु कै कारणले हो भनिन बस्त्रहरण या चिरहरण भन्ने मा केहि अग्रज र मित्रहरुसंग छलफल भयो र चीरहरण रोजिएको बताइन l

कुराकानीको क्रममा उनले भनिन महाभारत जस्तो गहन बिषयमा झन्डै छ सय पृष्टको उपन्यास आउनु चानचुन कुरा हैन भन्दै आफु आफै आश्चर्य लागेको बताईन सम्भवत यसरि यति ठुलो महिलाको तर्फ बाट लेखिएको उपन्यास पहिलो पनि हुन् पुगेको हो कि भन्ने आफुलाई लागेको बताइन l

कुराकानी गर्ने क्रममा उनले भनिन मैले ठुलो चिर हरणको लागि समय खर्चेको छु यो उपन्यास अर्की आईमाई उपन्यासको तुलना गर्ने हो भने दश प्रतिसत पनि मैले त्यसमा दिएको थिइन् निहारिकाले भनिन l

प्रसंगबस तपाईं कविता किन कम लेख्नु हुन्छ भन्ने जिज्ञाशामा उनि भन्छिन ,नेपालमा हुदा कविता लेख्थे र नौ बर्ष भयो अमेरिका आएको १२ कविता लेखेछु यो समय कथा र उपन्यास तिर बढी केन्द्रित भएछु भनिन उपन्यास लेख्दा अति समय लाग्ने हुँदा त्यता ध्यान नगएको होला भनिन l

कलम निरन्तर चलाउने साहित्यकार तथा उपन्यासकार निहारिकालाई नलेखी बस्दा कतिको छट्पट हुने हुन्छ भन्ने सवाल राख्दा उनले प्रष्ट कुरा यसरि राखिन चीरहरण लेख्दा अति सकस भयो सधै महा बिद्यालयको निर्णायक परिक्षामा जाँच दिएर आए जस्तो भयो भनिन उनले अगाडी भनिन ,अनि सोचेको थिए ,चीरहरणको पाण्डुलिपि प्रकासकलाई बुझाए परिक्षा सकिए झैँ आनन्दले  केहि समय नलेखी बस्छु तर  बिषय बस्तुले लखेटे पनि लेख्दिन भनेर कहाँ हुन्छ र भनि प्रति प्रश्न गरिन ?

गफिने क्रममा हामीले अमेरिकाको व्यस्त जीवनमा लेखन कार्यमा समय  कसरि व्यवस्थापन गर्नु हुन्छ सवालमा निहारिकाले भनिन आफु प्राय रातिको समयमा लेख्ने बताइन १२ बजे उठेर ४\५ बजे सम्म लेख्छु भनिन दिनमा लेख्ने मेरो समय बिहानको आठ देखि २ सम्म हो २ बजे पछी मेरो छोराहरु पाठशाला बाट आए पछि उनीहरुलाई समय दिन्छु भनिन त्यस पछीको समय एक अक्षर पनि लेख्दिन र अति आवश्यक परिस्थिति बाहेक संचार माध्यम छुन्न भनिन शनिबार र आईतबार र छोराहरुको अन्य बिदाको दिन आफु  दिउसो होइन राति मात्र लेख्छु भनिन l

चिरहरण बारेमा अझ कुराहरु जान्ने क्रममा हामीले उपन्यास बारेमा तपाईको भावी योजना के के छ भन्दा निहारिकाले भनिन बिमोचन अमेरिकामा गर्ने या नेपालमा भन्ने बारे प्रकासक संग कुरा भै रहेको बताईन  आफु नेपाल बाहिर भएको हुदा आफ्ना प्रिय पाठकसंग प्रतक्ष्य भेटघाटको अवसर पनि मिलाउने सोची रहेको बताईन l

उनलाई हामीले चिर हरण उपन्यास के बिषय वस्तुमा आधारित छ भनि खोतल्ने क्रममा निहारिकाले उपन्यासका केहि अंश यसरि हिस्सा गरिन र चीरहरण बैशाख को द्रोस्रो साता देखि पाठकको हात मा पुग्ने कुरा प्रकासन हाउस  सांग्रिलाले जनाएको छ |

समर्पणको पृष्टमा निहारिकाले लेखेकी छन -म चाहन्थेँशकुनिको कुटिल योजना कार्यान्वयनपूर्व परास्त भएको लेख्न ।

म चाहन्थेँकौरव र पाण्डवको भातृत्व मिलाप लेख्न ।
म चाहन्थेँधृतराष्ट्रहरूमा राजा भारत लेख्न ।
म चाहन्थँेकर्णलाई नीच जातको भनिएको थिएन भनी लेख्न ।
म चाहन्थेँसत्यवतीलाई उनको दाजुसँगै चेदीराजवसुको आँगनमा देख्न ।
म चाहन्थेँकुन्तीको मातृवात्सल्यमा युधिष्ठिरहरूसँगै कर्ण पनि हुर्किएको देख्न ।
म चाहन्थेँकाशी राजकन्याको प्रेमीसँग मिलन देख्न ।
किमार्थ म चाहन्थिनँ कुरुक्षेत्रको त्यो वीभत्स दृश्य देख्न !।।।।।।।।।।।।।।।
सम्झौताका कारण पृथक् होलान् । हिसाबकिताबको प्रकृति या अङ्क फरक होला । तर द्वापर युगमा महर्षि परासरसँग सम्झौताको समागम गर्न विवश सत्यवती यो युगमा पनि चोकचोकमा भेटिन्नन् भन्न सकिने अवस्था छैन ।
– आज पनि भेटिन्छन् सत्यवतीहरू !
– आज पनि भेटिन्छन् स्वयंवर सम्मुखबाट हरणमा पर्ने अम्बाअम्बिका र अम्बालिकाहरू !
– आज पनि भेटिन्छन् अभागी कर्णका विवश आमा कुन्तीहरू !
– आज पनि भेटिन्छन् वस्त्रहरिता द्रौपदीहरू !
– आज पनि भेटिन्छन् जीवित र मृत कर्णहरू !
यो पुस्तक उनीहरूमा समर्पण !

निहारिकाले भनिन यति समय खर्चियो भने एक मात्र हैन दुई वटा बिद्या वारिधि हासिल गरिन्थ्यो भन्दै अहिले आफैलाई कसरी लेखे होला भन्ने लागेको बताइन l

अन्त्यमा ,उपन्यास पनि प्रकाशित भै सकेको छ भने पाठकलाई केहि संदेश दिनु हुन्छ भन्ने सवालमा उनि भन्छिन आफुले लेखनमा झन्डै पाँच बर्ष यसमा बिताएर लेखेकोले उपन्यास राम्रो छ भन्ने आफुलाई लागेको छ पढी दिनुहोस l  पढ्न त्यति समय लाग्ने छैन भन्दै यसै मार्फत पाठकलाई आग्रह गरेकी छिन् l

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com